स्काइवेल सहित यी ४ ब्राण्डले पाए नाडा अटो शो–२०२४ को प्रिमियम स्टल

काठमाडौं– नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटो शो–२०२४ मा सहभागी हुने ब्राण्डलाई स्टल बाँडफाँड गरेको छ । लक्कि ड्र मार्फत गरिएको उक्त बाँडफाँडमा मुख्य हलको ११ वटा स्टल विभिन्न कार ब्राण्डले पाएका छन् ।

हलको प्रवेशद्धार अगाडी रहने ४ वटा स्टलमा क्रमशः टाटा, हुन्डाई नेटा र स्काइवेलले आफ्नो गाडी शोकेस गर्न पाउने भएका छन् । मुख्य हलको प्रवेश द्धार अगाडी रहने र दर्शकको अत्याधिक चाप हुने कारण यी स्टललाई प्रिमियम मान्ने गरिन्छ ।

यसैगरी, हल भित्रको बाँकी स्टल जिएसी, सेरेस, नामी, लिप मोटर, राडार, किया र सिट्रोनले पाएका छन् भने दिपाल, ओमोडा, बीवाईडी र सुजुकी लगायत ब्राण्डले बाहिर डोमभित्र स्टल बनाउनु पर्नेछ । अटो शोमा टु–ह्विलर र स्पेयर पार्ट्स एबं अन्य कम्पोनेन्ट्सका लागी छुट्टै पेभिलियन रहने व्यवस्था छ ।

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आगामी भदौ ११ देखी १७ गतेसम्म राजधानीको भृकुटीमण्डमा अटो शो–२०२४ आयोजना गर्दै छ । मेलामा यसपटक इलेक्ट्रिक कार, भ्यान तथा माइक्रोवस र इलेक्ट्रिक टु–ह्विलरले सबैभन्दा वढि स्टल लिएका छन् ।।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित

नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित

काठमाडौं – आगामी भाद्र ३ गतेदेखि सुरु हुने १७औं नाडा अटो शो २०२५ को...

यस्तो बन्यो पदाधिकारी सहितको नयाँ नाडा टिम

यस्तो बन्यो पदाधिकारी सहितको नयाँ नाडा टिम

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...