टेस्लाले बालबालिकाका लागि पनि साइबरट्रक र साइबरक्वाड निर्माण गर्दै
टेस्लाले अब बालबालिकाका लागि पनि अत्याधुनिक र आकर्षक इलेक्ट्रिक सवारी...
टेस्लाले इलेक्ट्रिक कारको बिक्रीमा इतिहास रचेको छ । सन् २०२३ मा सबैभन्दा धेरै बिक्री हुने ५० कारको सूचीमा टेस्ला मोडल वाईले शीर्ष स्थान हासिल गरेको छ । इतिहासमा पहिलो पटक इलेक्ट्रिक कार बिक्रीमा शीर्ष स्थानमा आएको छ ।
सो वर्ष टेस्ला मोडल वाईले कुल १२ लाख २३ हजार युनिट कार बिक्री गरेको थियो । बिक्रीको यो सूचीमा टोयोटा -याभ४ ले १० लाख ७५ हजार युनिट कार बिक्री गरी दोस्रो स्थानमा रहेको थियो ।
बिक्रीको यो सूचीमा होन्डा सीआर-भी तेस्रो स्थानमा थियो। होन्डा कारले गत वर्ष कुल ८ लाख ४६ हजार युनिट कार बिक्री गरेको थियो । टोयोटा कोरोला सेडान बिक्रीको यो सूचीमा चौथो नम्बरमा थियो। टोयोटाको यो कार कुल ८ लाख ३ हजार युनिट बिक्री गरेको थियो ।
यो सँगै टोयोटा कोरोला क्रस बिक्रीको यो सूचीमा पाँचौं स्थानमा थियो । यो कार ७ लाख १६ हजार युनिट बिक्री गरेको थियो । यो सूचीमा टोयोटा क्याम्री छैटौं स्थानमा थियो । टोयोटा क्याम्रीले गत वर्ष कुल ६ लाख ५१ हजार युनिट कार बिक्री गरेको थियो।
फोर्ड एफ १५० बिक्रीको यो सूचीमा सातौं स्थानमा थियो। सो एसयूभी यस अवधिमा कुल ६ लाख २४ हजार युनिट कार बिक्री गरेको थियो। यो सूचीमा टोयोटा हिलक्स आठौं नम्बरमा थियो। टोयोटा हिलक्सले यस अवधिमा कुल ६ लाख ५ हजार युनिट कार बिक्री गरेको थियो ।
निसान सेन्ट्राले यस वर्ष ५ लाख ३४ हजार युनिट कार बिक्री गरी नवौं नम्बरमा थियो । टेस्ला मोडल ३ बिक्रीको यो सूचीमा दशौं स्थानमा थियो। टेस्ला मोडल ३ ले यस अवधिमा कुल ५ लाख ९ हजार युनिट कार बिक्री गरेको थियो।
टेस्लाले अब बालबालिकाका लागि पनि अत्याधुनिक र आकर्षक इलेक्ट्रिक सवारी...
१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन...
टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...