ललितपुरमा टोयोटा एक्सचेन्ज क्याम्प चल्दै, पुराना गाडीसँग टोयोटा गाडी साट्न सकिने
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको अधिकारिक बिक्रेता युनाइटेड...
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले असार ५ देखि असार ७ गते सम्म ‘एक्सपेरियन्स टोयोटा’ आयोजना गर्ने भएको छ । काठमाडौंको आनन्दनगर, धुम्बाराहीस्थित टोयोटा शोरुममा सो इभेन्ट आयोजना गरिने छ ।
२०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको सो इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्रि इन्स्योरेन्स, १२ वर्ष सम्मको बैंकिङ सुविधा, रोड कर छुट तथा विभिन्न उपहारहरु समेत पाउने कम्पनीको भनाइ छ ।
टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई प्रदान गरिने विभिन्न सुबिधाको बारेमा जानकारी गराइने छ । नेपाली बजारका लागि टोयोटा नेपाल (युनाइटेड ट्रेडर्स सिन्डिकेट – यूटीएस) सँग विभिन्न मोडलका गाडीहरु उपलब्ध रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध गरिएको छ ।
सो उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिङ फाइनान्सको पनि व्यवस्था गरिएको बताइएको छ ।
टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फर अल” लाई सहयोग गर्दै यूटीएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सवमार्फत ल्याएको बताएको छ । .
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको अधिकारिक बिक्रेता युनाइटेड...
जापानी अटोमोबाइल उद्योगको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले...
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...