होन्डाले ल्यायो विश्वको पहिलो एयरब्याग जडित बाइक

होन्डाले कारमा जस्तै एयरब्यागको सुविधा भएको बाइक ल्याएको छ । सो बाइकको नाम होन्डा गोल्डविङ २०२४ हो ।

होन्डा गोल्डविङमा १८३३ सीसी, लिक्विड कुल्ड ४ स्ट्रोक २४ भल्भ एसओएचसी फ्ल्याट-६ इन्जिनले सुसज्जित गरेको छ । सो इन्जिनले ५५०० आरपीएममा ९३ किलोवाटको पावर र ४५०० आरपीएममा १७० एनएमको टर्क उत्पादन गर्छ । होन्डाले सो बाइकमा २१.१ लिटरको फ्युल ट्याङ्की दिएको छ । सो बाइकले अधिकतम १२४.७ बीएचपी पावर जेनेरेट गर्छ ।

होन्डा गोल्डविङमा ७ इन्चको कलर टीएफटी डिस्प्ले रहेको छ । यसका साथै गोल्डविङ टुरमा इलेक्ट्रिक विन्डशिल्ड, ब्लुटुथ कनेक्टिभिटी, फुल एलईडी लाइटिङ सिस्टम रहेको छ । बाइकमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट दिइएको छ । साथै, यसमा ४ स्पिकर, टायर प्रेसर मनिटरिङ सिस्टम, एउटा एयरब्याग र २ वटा यूएसबी टाइप-सी पोर्ट दिइएको छ ।

यसको इन्धन ट्याङ्की सिट मुनि दिइएको छ । यसमा ३ वटा छुट्टा छुट्टै स्टोरेज बक्स र पछाडिको यात्रुका लागि क्याप्टेन सिट दिइएको छ। यसमा दिइएको एयरब्याग टक्करको समयमा खुल्नेछ। होन्डा गोल्डविङको प्रारम्भिक एक्स-शोरूम मूल्य ४४ लाख ५१ हजार भारु छ।

सम्बन्धित समाचारहरू

होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

काठमाडौँ – नेपाली बजारमा आज होन्डा ग्राजिया बीएस ६ स्कुटर लन्च भएको छ ।...

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

होन्डा एक्टिभा इलेक्ट्रिक नोभेम्बर २७ मा लन्च हुँदै, टिजर सार्वजनिक

होन्डा एक्टिभा इलेक्ट्रिक नोभेम्बर २७ मा लन्च हुँदै, टिजर सार्वजनिक

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले नोभेम्बर २७ मा आफ्नो एक्टिभा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...