महंगो भयो डिओ १२५, यस्तो छ नयाँ मूल्य

काठमाडौं– होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ थप महंगो भएको छ । नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले १ वर्षअघि ल्याएको स्कुटरमा ९ हजारसम्मले मूल्य बृद्धि गरेको हो ।

डिओ १२५ स्ट्यान्डर्ड र डिलक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । सुरुमा ३ लाख र ३ लाख १० हजार रुपैयाँ निर्धारण भएर नेपाल आएको यो स्कुटरको नयाँ मूल्य ३ लाख ३ हजार र ३ लाख १९ हजार पुगेको हो ।

डिओ १२५ मा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८.१४ बे्रकहर्स पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुवल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।

यसमा डिजिटल स्पीडोमिटर र डिजिटल डिस्प्ले दिइएको छ । साथै यसमा आइडल स्टप सिस्टम, १२ इन्चको फ्रन्ट ह्वील, टेलिस्कोपीक सस्पेन्सन, कम्बी ब्रेकिङ सिस्टम, १८ लिटर अन्डर सिट स्टोरेज स्पेस, स्मार्ट स्टार्ट, स्मार्ट फाइन्ड, स्मार्ट अनलक, साइड स्ट्यान्ड इन्डिकेटर, स्मार्ट कि, एलइडी हेडलाइट, एलइडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा कारहरु सस्तो मूल्यमा...

होन्डाले ल्यायो एक्टिभा र एसपी १२५ को २५ औं एनिभर्सरी एडिसन

होन्डाले ल्यायो एक्टिभा र एसपी १२५ को २५ औं एनिभर्सरी एडिसन

होन्डा मोटरसाइकल एण्ड स्कूटर इन्डियाले एक्टिभा ११०, एक्टिभा १२५ र साइन...

२०४० सम्ममा पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने होण्डाको घोषणा

२०४० सम्ममा पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने होण्डाको घोषणा

जापनिज टु ह्विलर ब्राण्ड होण्डाले पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...