आर्थिक वर्ष २०२५ मा टाटा पञ्च बन्यो सबैभन्दा बढी बिक्री हुने एसयूभी
टाटाको पन्च एसयूभीले भारतको आर्थिक वर्ष २०२५ मा कुल १ लाख ९६ हजार युनिट...
भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको बिक्री आँकडा अलि निराशाजनक रहेको छ। कम्पनीका दुई स्टार परफर्मर कार बिक्रीमा असफल भएका कारण यस्तो भएको हो । कम्पनीका दुवै कारको बिक्रीमा कमी आएको छ ।
मे २०२४ मा मारुती स्विफ्टले टाटा पन्चलाई उछिनेको छ । यद्यपि दुवै कारको बिक्रीमा खासै भिन्नता छैन । गत महिना मारुती स्विफ्ट १९ हजार ३९३ युनिट र टाटा पन्च १८ हजार ९४९ युनिट बिक्री भएको छ । तर पनि गत वर्षको तुलनामा यस वर्षको मे महिनामा पन्चले ७० प्रतिशत वृद्धिदर दर्ता गरेको छ ।
टाटा नेक्सन ११ हजार ४५७ युनिट बिक्री गरेको छ । यो अघिल्लो महिनाको तुलनामा कम हो। नेक्सनले यस वर्षको फेब्रुअरीमा १४ हजार ३९५, मार्चमा १४ हजार ५८ र अप्रिलमा ११ हजार १६८ युनिट बिक्री गरेको थियो । मारुती सुजुकी फ्रङ्क्सले नेक्सनलाई पछि पारेको छ, जसले मे महिनामा १२ हजार ६८१ युनिट बिक्री गरेको छ ।
टाटा मोटर्सका दुई सर्वाधिक बिक्री हुने कारको बिक्री घटे पनि कम्पनी अझै पनि मारुती सुजुकी र हुन्डाईपछि तेस्रो ठुलो कार निर्माता हो। मे २०२४ मा मारुतीले १ लाख ४४ हजार युनिट, हुन्डाईले ४९ हजार १५१ युनिट र टाटा मोटर्सले ४६ हजार ७०० युनिट कार बिक्री गरेको छ ।
नयाँ पुस्ताको मारुती स्विफ्ट नयाँ अवतारमा ६ लाख ४९ हजार भारु मूल्यमा लन्च गरिसकेको छ। स्विफ्टमा १.२ लिटर जेड सिरिजको माइल्ड हाइब्रिड इन्जिन जडान गरिएको छ। सो इन्जिनले ८२ एचपी पावर र १०८ एनएमको टर्क जेनेरेट गर्छ। इन्जिनमा म्यानुअल गियरबक्सका साथै सीभीटी ट्रान्समिसन पनि समावेश छ।
सेफ्टीका लागि नयाँ स्विफ्टमा ६ वटा एयरब्याग, ३ प्वाइन्ट सिट बेल्ट र सबै सिटमा सिट बेल्ट रिमाइन्डर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट र अन्य फिचर समावेश गरिएको छ ।
टाटाको पन्च एसयूभीले भारतको आर्थिक वर्ष २०२५ मा कुल १ लाख ९६ हजार युनिट...
बजारमा साना एसयूभीको माग बढ्दै गएपछि अहिले सबैजसो उत्पादक कम्पनीहरुको...
टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...