१० हजार नगद छुटमा राफ्ट इलेक्ट्रिक स्कुटर
आइएमई इलेक्ट्रिकले नयाँ वर्ष–२०२३ लाई लक्षित गरी नगद छुटको अफर ल्याएको छ ।...
काठमाडौं – नेपाली बजारमा टाटाका कार बिक्री–वितरण गरिरहेको सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीको मूल्य बढाउने संकेत गरेको छ । कम्पनीले सामाजिक सञ्जालमा यस सम्बन्धी पोस्ट सार्वजनिक गर्दै पहिलेकै मूल्यमा सवारी साधन किन्नका लागि जानकारी प्रदान गरेको छ ।
हाल बजेटले समेत इलेक्ट्रिक कारको करमा वृद्धि गरेको छ । बजेटले ५० किलोवाट भन्दा तलको मोटर पावर भएको ईभीमा ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ । यस अनुसार अब भन्सार १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत तिर्नु पर्छ ।
पहिले ५० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ । अन्तःशुल्कमा पहिले नै छुट थियो । अहिले यसलाई ५ प्रतिशतले बढाइएको छ । यस अनुसार यो सेगमेन्टका गाडीमा समग्रमा १० प्रतिशत कर बढाइएको छ । यसले गर्दा पनि यी गाडीको मूल्यमा वृद्धि हुने अनुमान गर्न सकिन्छ ।
हाल नेपाली बजारमा एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लक्स गरी तीन भेरिएन्ट बिक्रीका लागि उपलब्ध छन् । यी गाडीको मूल्य क्रमशः २६ लाख ४९ हजार, २७ लाख ९९ हजार र २८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । लङ रेन्ज भेरिएन्टको टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाटको मोटर छ ।
अत्याधुनिक जिपट्रोन प्रविधियुक्त टियागो ईभीका पाँच वटा प्रमुख बिशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका छन् । अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन्।
आइएमई इलेक्ट्रिकले नयाँ वर्ष–२०२३ लाई लक्षित गरी नगद छुटको अफर ल्याएको छ ।...
बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना...
काठमाडौं – यात्री मोटरसाइकल्सको सहायक कम्पनी यात्री इनर्जीले नेपालमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...