वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

सन् २०२३ को वर्ल्ड कार ग्रुप -याङकिङङमा टोयोटाको बर्चस्व देखिएको छ । यसमा फक्सवागन दोस्रो र हुन्डाई–किया तेस्रो स्थानमा रहेका छन् भने पहिलो पटक ईभी ब्रान्डको प्रतिनिधित्व गर्दै बीवाईडी दशौं नम्बरमा उक्लिएको छ ।

साउथ इस्ट एसिया स्ट्याट्सले विश्वका विभिन्न १५९ देशमा उपलब्ध सबै ब्रान्ड र मोडलका अधारमा प्राप्त ग्लोबल डाटाबेसको आधारमा यो रिपोर्ट तयार गरेको बताएको छ ।

कार निर्माता कम्पनी र यसमा संलग्न ग्रुपले बिक्री गरेको कार बिक्रीको आधारमा सो तथ्यांक प्रस्तुत गरिएको हो ।

टोयोटा गत वर्ष पनि पहिलो नम्बरमै थियो । तर सन् २०२३ मा ४.६ प्रतिशत बढी अर्थात १ करोड ८० लाख गाडी बिक्री गरेको छ ।

दोस्रोमा रहेको फक्सवागन ग्रुपले ८० लाख ८० हजार अर्थात १०.९ प्रतिशत बढी बिक्री गरेको छ । फक्सवागनले अमेरिकामा १६.६ प्रतिशत र युरोपमा २०.३ प्रतिशत बढी बिक्री गरेको छ । तेस्रोमा रहेको हुन्डाई–किया ग्रुपले ७० लाख १० हजार गाडी बिक्री गरेको छ, जुन ३.९ प्रतिशत बढी हो ।

चौथोमा रेनो–निसान एलायन्स, पाँचौमा स्टेलान्टिस रहेको छ । स्टेलान्टिस अन्तर्गत अबार्थ, अल्फा रोमियो, क्रिस्लर, सिट्रोन, डज, डीएस, फियाट, जिप, लान्सिया, मासेराटी, ओपेल, प्युजो, राम र भक्सहल पर्छन् ।

छैटौं, सातौ, आठौ र नवौंमा क्रमशः जनरल मोटर्स, होन्डा, फोर्ड र सुजुकी परेका छन् ।

दशौं नम्बरमा रहेको बीवाईडी गत वर्ष भन्दा एकै पटक ३ स्थान माथि उक्लिएको हो । बीवाईडीले सन् २०२३ मा ४६.३ प्रतिशत बढी अर्थात २६ लाख गाडी बिक्री गरेको तथ्यांकले देखाएको छ ।

सम्बन्धित समाचारहरू

माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर

माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर

टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले...

उच्च प्रविधियुक्त जेसिस्टको राया–जी इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा

उच्च प्रविधियुक्त जेसिस्टको राया–जी इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा

काठमाडौं – आम उपभोक्ताहरुमा विद्युतीय सवारी साधन प्रति आकर्षण बढिरहेको...

नयाँ शोरुमसंगै सार्वजनिक भयो वुलिङ एयर इभी

नयाँ शोरुमसंगै सार्वजनिक भयो वुलिङ एयर इभी

इभी नेपाल मोटर्सले नक्सालमा शोरुम उद्घाटनसंगै नयाँ इलेक्ट्रिक कार एयर इभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...