चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

ललितपुर । ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण भइरहेका छन् । 

महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन् । 

आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि  चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माणकार्य जारी रहेका जानकारी दिए । उनका अनुसार निर्माण हुँदैगरेका ती आकाशे पुल अपाङ्गतामैत्रीसमेत हुने छन् । 

पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता विसं २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो । सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्ने जनाइएको छ । 

सम्बन्धित समाचारहरू

आज देशका यी सात राजमार्ग पहिरोले अवरुद्ध

आज देशका यी सात राजमार्ग पहिरोले अवरुद्ध

काठमाडौं । केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात...

बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं–नगरकोट जाने बाटोमा बाइक राइडर युवामाथि कुटपिट गर्ने व्यक्ति...

तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...