मोटर स्पोर्ट्समा क्रियाशील ९ व्यक्ति च्याम्पियन्स अवार्डद्वारा सम्मानित

काठमाडौं - मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नासा नेपाल) ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको १६ औं वर्षगाँठको अवसरमा नासा नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरेर मोटर स्पोर्ट्सको क्षेत्रमा योगदान गरेका ९ जनालाई अवार्ड प्रदान गरेको हो ।

विगत १५ वर्षदेखि मोटर स्पोर्ट्समा संलग्न भएका राइडर, ड्राइभर र प्रमोटरलाई समावेश गर्दै जनही नगद २० हजार सहित अवार्ड वितरण गरिएको नासा नेपालले जनाएको छ । सम्मानित हुनेमा टीएसडी र्याली ड्राइभर उपेन्द्र प्याकुरेल, मोटर–मोटर साइक्लिङ रेसिङकी बर्षा बस्नेत, मोटर साइक्लिङ (अफरोड) का सुन्दर होना (भिम), मोटर स्पोर्ट्स (अटो जिमखाना) का आशिष भारती, मोटर साइक्लिङ रोड रेसिङका राजकुमार कार्की, टु ह्विल टुरिङका प्रमोद श्रेष्ठ, मोटो भ्लगरकी सुरक्षा केसी, गल्स अन द ट्रयाककी सुनिता देसार र रोड रेसिङ नेसनल टु ओभरसिजका बिक्रम थापा रहेका छन् ।

कार्यक्रमका अवार्ड विजेतालाई मुख्य अतिति राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य तथा ई स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमला, स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, एफआईए वल्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई लगायतले पुरस्कृत गरेका थिए ।

सम्बन्धित समाचारहरू

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरा – पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न...

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

काठमाडौं – नेपालमा पहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय...

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

काठमाडौं – अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी (ब्रदरहुड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...