दुई नेपाली राइडर इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिपमा सहभागी हुँदै

काठमाडौं – नेपाली बाइक राइडर अभिनव राज मल्ल र श्रीहरी पौडेल नेपालको प्रतिनिधित्व गर्दै इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप (आईएनएमआरसी) मा सहभागी हुने भएका छन् ।

पहिलो पटक नेपाली रेसिङ टिम सहभागी हुन लागेको सो इभेन्टमा मोटोवर्ल्ड मोटरस्पोर्टको तर्फबाट उनीहरु सहभागी हुन लागेका हुन् । उनीहरुले २०२४ आईएनएमआरसी च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मद्रास इन्टरनेसनल सर्किटमा आगामी जुन १४ देखि १६ सम्म पहिलो राउन्डको प्रतियोगिता हुने कार्यक्रम छ । त्यसपछि आगामी जुलाई, अगस्ट, सेप्टेम्बर र अक्टोबरमा विभिन्न चरणको प्रतियोगिता हुनेछ ।

रेसर शेन विल्सन मोक्तानको नेतृत्वमा संचालित मोटोवर्ल्ड मोटरस्पोर्टमा निखिल रसाइली र क्रिपेश महर्जन जस्ता नेपाल रोड रेसिङ च्याम्पियनसिपका लोकप्रिय खेलाडी समेत संलग्न छन् । अभिनव राज मल्ल र श्रीहरी पौडेल जस्ता प्रतिष्ठित राइडर समेत सो समूहमा सहभागी भएकोमा उनीहरुले गर्व गरेका छन् ।

मल्ल पहिलो पटक १६५ सीसीको नोभिस क्याटागोरीमार्फत २० वर्षकै उमेरमा रेसिङमा प्रवेश गरेका थिए । मल्लले यस पटकको नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड १ मा दोस्रो र राउन्ड १ मा पहिलो स्थान हासिल गरेका थिए भने गत वर्षको राउन्ड २ मा समेत पहिलो स्थान हासिल गरेका थिए ।

त्यसैगरी पौडेलले यस वर्षको नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड २ मा चौथो र नेसनल क्याटागोरीको राउन्ड १ मा पहिलो स्थान हासिल गरेका थिए । उनले विभिन्न प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् भने सन् २०२२ मा भारतको बैंग्लोरस्थित अरुनाई ग्रिडको ट्रेनिङ र ट्रयाक सेसनमा समेत सहभागी भएका छन् ।

सम्बन्धित समाचारहरू

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...

तीव्र प्रतिस्पर्धाका साथ सकियो नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड १

तीव्र प्रतिस्पर्धाका साथ सकियो नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड १

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ अन्तर्गत राउन्ड १ सकिएको छ ।...

नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड थ्री सम्पन्न, सायल र श्रीहरी बने विजेता

नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड थ्री सम्पन्न, सायल र श्रीहरी बने विजेता

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिपको सिजन २०२५ अन्तर्गत राउन्ड ३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...