कियाले सन् २०२६  सम्म भारतमा ३ नयाँ इलेक्ट्रिक कार ल्याउने

किया मोटर इन्डियाले सन् २०२६ सम्ममा भारतीय ईभी बजारमा ३ वटा नयाँ इलेक्ट्रिक कार ल्याउने तयारी गरिरहेको छ । यसमा किया ईभी९, ईभी३ र क्यारेन्स ईभी समावेश छ । साथै किया ईभी६ फेसलिफ्ट मोडलको अपडेट भर्सन पनि ल्याउनेछ।

रिपोर्टका अनुसार कम्पनीले भारतमा सर्वप्रथम नयाँ इलेक्ट्रिक कार किया ईभी९ लन्च गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा सो गाडी २ पावरट्रेन विकल्पमा उपलब्ध छ। भारतमा लन्च गरिने ईभी९ मा ९९.८ किलोवाट ब्याट्री प्याकले सुसज्जित हुनेछ र एक पटक चार्जमा ६०० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्नेछ । कारमा १२.३ इन्चको दुई स्क्रिन, १४  स्पिकर मेरिडियन साउन्ड सिस्टम, भेइकल टु लोड, ९ एयरब्याग र ३६० डिग्री क्यामेरा र लेभल २ एडीएएस जस्ता फिचर दिइनेछ ।

किया ईभी३ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सन् २०२६ मा भारतमा लन्च गर्नेछ । सो कार हालै विश्वव्यापी रूपमा २ ब्याट्री प्याक विकल्पमा लन्च भइसकेको छ । सो कार सिंगल इलेक्ट्रिक मोटरबाट फुल चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्छ ।

आगामी ईभी३ कारले ७.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने र यसको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा हुने कम्पनीको दाबी छ । कारमा ड्युअल १२.३ इन्च स्क्रिन, क्लाइमेट कन्ट्रोल, सनरुफ, लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र लेभल २ एडीएएस जस्ता फिचर हुनेछ ।

कम्पनीले भारतमा पेट्रोलमा चल्ने किया क्यारेन्सको इलेक्ट्रिक संस्करण पनि लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले हाल यसको ब्याट्री प्याक र पावरट्रेनको बारेमा केही खुलाइएको छैन तर रिपोर्टका अनुसार सो कार करिब ४००-५०० किलोमिटरको रेन्जमा आउने अपेक्षा गरिएको छ । कारमा १०.२५ इन्चको ड्युअल डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, सनरुफ, ६ एयरब्याग, ईएससी र एडीएएस फिचर उपलब्ध छ ।

कियाले भारतमा किया ईभी६ को अपडेट संस्करण पनि ल्याउनेछ । कारमा १२.३ इन्चको ड्युअल स्क्रिन, मल्टि जोन टच बेस्ड क्लाइमेट कन्ट्रोल, पावर एडजस्टेबल सिट र लेभल २ एडीएएस जस्ता सेफ्टी फिचर उपलब्ध हुनेछ । फुल चार्जमा कारले करिब ५०० किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरू

सुरुवाती मूल्य ९ लाख भारुमा लन्च भयो किया क्यारेन्स

सुरुवाती मूल्य ९ लाख भारुमा लन्च भयो किया क्यारेन्स

कियाले क्यारेन्स एमपीभीलाई आज भारतमा लन्च गरेको छ । सेल्टोसको प्लेटफर्ममा...

साउदीका खेलाडीलाई रोल्स रोयस कार दिने कुरा झुट, खेलाडी र प्रशिक्षकले नै गरे खण्डन

साउदीका खेलाडीलाई रोल्स रोयस कार दिने कुरा झुट, खेलाडी र प्रशिक्षकले नै गरे खण्डन

जारी फिफा विश्वकपमा साउदी अरवले अर्जेन्टिनालाई हराएपछि साउदीका राजकुमार...

किया ईभी६ र ईभी९ ईभी सहित यी हुन् नेपाली बजारमा उपलब्ध कियाका गाडी (मूल्य सूची सहित)

किया ईभी६ र ईभी९ ईभी सहित यी हुन् नेपाली बजारमा उपलब्ध कियाका गाडी (मूल्य सूची सहित)

काठमाडौं – नेपाली बजारमा कियाका विभिन्न सवारी साधनहरु कन्टिनेन्टल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...