स्कोडा काइलकद्वारा इन्ट्री–लेभल एसयूभीमा नयाँ सुरक्षा मापदण्ड स्थापित
स्कोडा इन्डियाले आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा काइलकमार्फत...
स्कोडाले आफ्नो आगामी इलेक्ट्रिक कम्प्याक्ट एसयूभी एलराेकको टिजर सार्वजनिक गरेको छ। सो कार फक्सवागनको एमइबी मोड्युलर ईभी प्लेटफर्ममा आधारित हुनेछ ।
कम्पनीले टिजरमा कारको फ्रन्ट लुक मात्र देखाएको छ । कम्पनीका अनुसार कारमा स्प्लिट हेडल्याम्प डिजाइन दिएको छ, जसमा बोनेट लाइनमा टुटेको एलईाडी डीआरएल स्ट्रिप र तलको बन्द ग्रिलमा इलुमिनेटेड एलिमेन्ट हुनेछ । कम्पनीले कारमा ठूला पाङ्ग्रा र म्याट्रिक्स एलईडी हेडल्याम्प पनि हुने पृष्टि गरेको छ ।
स्कोडा एलरोकको विश्व प्रिमियर यस वर्षको अन्त्यमा हुनेछ । एलरोक र एन्याक बाहेक कम्पनीले मार्च २०२४ को शुरुमा एपिक नामक अर्को कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको टिजर पनि जारी गरेको थियो। रिपोर्टका अनुसार एपिक पनि एमइबी मोड्युलर ईभी प्लेटफर्ममा आधारित हुनेछ।
कम्पनीले एलरोक भारतमा लन्चको बारेमा कुनै जानकारी दिएको छैन। यद्यपि स्कोडाले २०२६ सम्ममा भारतीय बजारमा ६ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्नेछ। स्कोडाले सो कारको सिल्हूट तस्बिर पनि सार्वजनिक गरेको थियो। यी कारमध्ये ४ वटा नयाँ इलेक्ट्रिक कार हुनेछ । यसमा ४.१ मिटर सानो एसयूभी, कम्प्याक्ट एसयूभी, कम्बी वागन र ४.९ मिटर लामो एमपीभी समावेश छ। बाँकी दुई एन्याक र एन्याक कुपेको अपडेटेट मोडेल हुनेछ ।
स्कोडा इन्डियाले आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा काइलकमार्फत...
काठमाडौं–स्कोडा नेपालले यस चाडपर्वलाई लक्षित गर्दै ‘स्कोडा फेस्टिभ...
स्कोडाकाे ४ मिटरभन्दा कम लम्बाइको लोकप्रिय एसयूभी काइलकले एक वर्षभित्रै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...