भारतमा एकैदिन २०० यूनिट वीवाइडी सील डेलिभरी

भारतमा बीवाईडीले एकैदिन २०० यूनिट सील ग्राहकलाई हस्तान्तरण गरेको छ । ‘मेगा डेलिभरी इभेन्ट’ आयोजना गरी बीवाईडीले देशका विभिन्न शोरुमबाट गाडी हस्तान्तरण गरेको हो । भारतमा लन्च भएको ३ महिना नवित्दै सील १ हजार भन्दा बढी यूनिट बुक भएको थियो ।

यो प्रिमियम इलेक्ट्रिक कार डायनामिक, प्रिमियम र पर्फमेन्स गरी कुल तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसको सुरुवाती मूल्य ४१ लाख भारुबाट सुरु हुन्छ । नेपाली बजारमा समेत उपलब्ध यो कारको सुरुवाती मूल्य १ करोड ५ लाख तोकिएको छ ।

सिंगल र डुअल मोटर कन्फिगरेसनको साथ उपलब्ध यसको बेस डायनामिक ट्रिममा ६१.४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसको पावर २०१ विएचपी र रेन्ज ५१० किलोमिटर दावी गरिएको छ ।

प्रिमियम भेरियन्टमा दिइएको ८२.५६ किलोवाट आवरको ब्याट्रीलाई एकपटपक फुल चार्ज गर्दा ६५० किलोमिटर रेन्ज पाउन सकिन्छ भने यसमा जडान भएको इलेक्ट्रिक मोटरको आउटपुट ३०८ बिएचपी र टर्क ३६० एनएम छ ।

टप स्पेक प्रिमिमयम ट्रिममा ८२.५६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । सिंगल चार्जमा ५८० किलोमिटर रेन्ज दावी गरिएको यो भेरिएन्टमा जडित डुअल इलेक्ट्रिक मोटरको आउटपुट ५२३ बिएचपी र टर्क ६७० एनएम छ ।

सम्बन्धित समाचारहरू

भारतमा लोकप्रिय बन्दै बीवाईडी सील, ३ महिनामा १ हजार बढि कार वुक

भारतमा लोकप्रिय बन्दै बीवाईडी सील, ३ महिनामा १ हजार बढि कार वुक

बीवाईडीको इलेक्ट्रिक सेडान सील भारतमा लोकप्रिय बन्दै गएको छ । यो कार...

मेगावाट स्तरका १५ हजार फास्ट चार्जर जडान गर्न बीवाईडीले गर्यो नयाँ साँझेदारी

मेगावाट स्तरका १५ हजार फास्ट चार्जर जडान गर्न बीवाईडीले गर्यो नयाँ साँझेदारी

विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडी पछिल्लो समय चार्जिङ...

बीवाईडी सिलायन ७ ले पायो युरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ

बीवाईडी सिलायन ७ ले पायो युरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ

बीवाईडी आजकल विश्वभर चर्चामा छ। हालसालै बीवाईडी कारलाई पानीमा गुडिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...