एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली ग्राहकहरु इलेक्ट्रिक गाडीतिर आकर्षित भएको अनुमान गर्न सकिन्छ ।

यही मेसोमा हाल इलेक्ट्रिक गाडी बिक्रेताहरुले पुराना पेट्रोलियम गाडी चढ्ने ग्राहकलाई समेत इलेक्ट्रिक गाडीतिर आकर्षित गर्न खोजिरहेका छन् । उनीहरुले यसका लागि धमाधम एक्सचेन्ज क्याम्प चलाउन थालेका छन् ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेनको घोषणा गरेको छ । सवारी धनीहरुलाई आफ्नो सवारी साधन एक्सचेन्ज र अपग्रेड गरी पछिल्लो समयमा नेपाल भित्रिएका बीवाईडी इलेक्ट्रिक भेइकल प्रयोग गर्नका लागि यो उपयुक्त अवसर हुनेछ ।

सो इभेन्ट गत बिहीबार देखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चलिरहेको छ । सो अवसरमा हाल भइरहेको गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँ सम्म प्राप्त गर्नेछन् । साइमेक्सले यसरी गाडी लिन चाहने ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याजदरमा बैंकमार्फत ८० प्रतिशत सम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने व्यवस्था गर्ने बताएको छ ।

नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । नेपालभरका आधिकारिक डिलर तथा आफ्नै शोरुममा प्रारम्भ भएको सो एक्सचेन्ज क्याम्प आगामी मंगलबार सम्म चल्ने छ ।

सो स्पेसल इभेन्टमा ग्राहकले अभूतवपूर्व फाइदाका साथ अल्टिमेट इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुने अपूर्व अवसर प्राप्त गर्नेछन् ।

सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पमा ग्राहकले अन द स्पट कार भ्यालुएसन, बेस्ट एक्सचेन्ज रेट, एक्सचेन्ज बोनस र इजी फाइनान्सिङ अप्सन जस्ता फाइदा लिन सक्ने छन् ।

अन द स्पट कार भ्यालुएसन अन्तर्गत ग्राहकले आफ्नो अहिलेको कारको भ्यालुएसन तुरुन्तै गराउन सक्ने छन् । त्यसैगरी आफ्नो कारको सके सम्म बढी मूल्य अर्थात बेस्ट एक्सचेन्ज रेट पाउन सकिने छ भने पुरानो कारसँग नयाँ सेरेस कार एक्सचेन्ज गर्ने भएकाले एक्सचेन्ज बोनसको रुपमा थप रकम प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी सेरेसका लागि आवश्यक रकम नपुगेको अवस्थामा सहज तरिकाले फाइनान्स सुविधाको समेत व्यवस्था हुने बताइएको छ ।

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागेको छ ।

क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरु साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीको भनाइ छ ।

एक्सचेन्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरु रहेका छन् ।

यस कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

आगामी बजेट पश्चात विद्युतीय गाडीको मूल्यमा वृद्धि हुने हल्ला समेतलाई मध्यनजर गरी कम्पनीले मूल्य परिवर्तन हुनु भन्दा पहिले नै फाइदा लिन सकिने संकेत समेत गरेको छ ।

अन्य कम्पनीहरुले पनि बजेट पश्चात मूल्यमा केही परिवर्तन हुन सक्ने सम्भावनालाई मध्यनजर गरी यस्तो कार्यक्रम ल्याएको अनुमान गर्न सकिन्छ । बजेट आगामी जेठ १५ गते सार्वजनिक हुँदैछ ।

ेओमोडाको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइलले जेठ १४ गतेसम्म ओमोडा ई५ किन्दा २ लाख ५० हजारसम्म नगद छुट दिने स्किम नै ल्याएको छ । बजेट अघि ओमोडा ई५ किन्ने ग्राहकले २ लाख ५० हजार फाइदा पाउने भएका छन् ।

४ महिना अघि औपचारिक लन्च हुँदा यो इलेक्ट्रिक एसयूभीको मुल्य ५९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको थियो । पछि उक्त मूल्यमा २ लाख ५० हजार बृद्धि गरेर ६१ लाख ९९ हजार पुर्याइएको ई५ लाई ग्राहकले पुरानै मूल्यमा खरिद गर्ने अवसर पाएका हुन् ।

सम्बन्धित समाचारहरू

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले...

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटाको सर्बाधिक सफल एसयुभीका रुपमा परिचित नेक्सनको लोकप्रियता पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...