नास्टले बनायो नेपालमै विद्युतीय स्कुटर : एक पटकको चार्जमा ५० किमी गुड्ने
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ ।
क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरु साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीको भनाइ छ ।
एक्सचेन्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरु रहेका छन् ।
यस कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।
आगामी बजेट पश्चात विद्युतीय गाडीको मूल्यमा वृद्धि हुने हल्ला समेतलाई मध्यनजर गरी कम्पनीले मूल्य परिवर्तन हुनु भन्दा पहिले नै फाइदा लिन सकिने संकेत समेत गरेको छ ।
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य...
टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा छ । टाटाले अब ३ नयाँ...
इलेक्ट्रिक सवारी साधनका टायर पेट्रोल वा डिजेल कारमा प्रयोग हुने टायरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...