ढोकामै धुलो फालिएकोप्रति सडक डिभिजनले भन्यो: यसरी महानगरपालिकाको गरिमा बढ्दैन

काठमाडौं - सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ।

यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास र बलमिच्याइँ भएको ठहर गरेको छ।

‘काठमाडौंका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ,’ सडक डिभिजनले विज्ञप्तिमार्फत् भनेको छ।

डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारी र महानगरपालिकाका मेयर बालेन्द्र साहबीच काठमाडौंका सडक सुधारका विषयमा छलफल भइ नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाइ महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउनेमा सहमति भएपनि महानगरपालिकाले धुलो थुपारेको डिभिजनले आपत्ति जनाएको छ।

मेयरले साहले चक्रपथ विस्तारमा ढिलासुस्ती भएको भन्दै शनिवार डिभिजन कार्यालयको ढोकामा एक ट्रक धुलो खसाल्दै हरेक यस्तै उपहार पठाइदिने घोषणा गरेका थिए।

सम्बन्धित समाचारहरू

मिटरमा चल्न थाले पोखराका ट्याक्सी

मिटरमा चल्न थाले पोखराका ट्याक्सी

कास्की – पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा...

 एक वर्ष थपियो नारायणघाट–बुटवल सडक आयोजनाको म्याद

 एक वर्ष थपियो नारायणघाट–बुटवल सडक आयोजनाको म्याद

नवलपुर (नवलपरासी) । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

भारतमा फेब्रुअरी १६, २०२६ देखि एआई प्रभाव शिखर सम्मेलन २०२६ औपचारिक रूपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...