बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज अटो इन्डियाले भारतमा २०२४ बजाज पल्सर एफ२५० को अपडेट भर्सन लन्च गरेको छ । कम्पनीले सो बाइक १ लाख ५१ हजार भारु मूल्यमा लन्च गरेको हो ।

कम्पनीले बाइकमा केही परिवर्तन गरेको छ । यसमा सबैभन्दा ठुलो परिवर्तन इन्स्ट्रयुमेन्ट कन्सोलमा गरिएको छ । अब यसमा पूर्णतया नयाँ पूर्ण–डिजिटल डिस्प्ले रहेको छ । डिस्प्ले कल र एसएमएस अलर्ट तथा बजाज राइड कनेक्ट एप मार्फत टर्न बाई टर्न नेभिगेसनको लागि ब्लुटुथ जडान गरिएको छ।

यसमा डिस्प्ले अपरेट गर्नका लागि स्विचगियर पनि प्रदान गरिएको छ । साथै यसमा रेन, रोड र स्पोर्ट गरी ३ वटा एबीएस मोड पनि रहेको छ । बाइकमा ११० सेक्शनको ठूला टायर र १७ इन्चको अलोय ह्विल दिइएको छ ।

२०२४ बजाज पल्सर एफ२५० यसको पुरानो २०२३ मोडल जस्तै देखिन्छ । नयाँ डिजाइन ग्राफिक्सले मात्र बाइकलाई हालको मोडलभन्दा फरक बनाएको छ । सो बाइक कालो र रातो रङको विकल्पमा उपलब्ध छ । सो बाइकमा सेमी–फेयर स्टाइल, आक्रामक भी आकारको एलईडी हेडल्याम्प क्लस्टर, स्प्लिट–सिट, ट्विन–ब्यारेल निकास मफलर र क्लिप–अन ह्यान्डलबार दिइएको छ ।

सस्पेन्सन र ब्रेकिङ कम्फर्ट राइडिङका लागि बाइकमा परम्परागत टेलिस्कोपिक फोर्क दिइएको छ । ब्रेकिङका लागि अगाडि ३०० एमएमको पेटल डिस्क ब्रेक र पछाडि २३० एमएम नयाँ ड्युअल च्यानल एबीएसको साथ उपलब्ध छ ।

सो बाइकमा एन२५० मा जस्तै २४९.०७ सीसी आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ८७५० आरपीएममा २४ बीएचपी पावर र ६५०० आरपीएममा २१.५ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई एसिस्ट र स्लिपर क्लचको साथ ५ स्पिड गियरबक्समा ट्युन गरिएको छ ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

बजाज अटोले १२५ सीसी सेगमेन्टमा उत्कृष्ट फिचर र शक्तिशाली इन्जिनसहितको...

बजाजले अब ट्विनर नाममा नयाँ मोटरसाइकल उत्पादन गर्ने

बजाजले अब ट्विनर नाममा नयाँ मोटरसाइकल उत्पादन गर्ने

भारतीय टु ह्विलर उत्पादक बजाजले नयाँ नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन...

शुरु भयो नगद छुट र स्किममा गाडी/मोटरसाइकल किन्न पाइने सिजन : बजाज र हुन्डाईले गरे शुरुवात

शुरु भयो नगद छुट र स्किममा गाडी/मोटरसाइकल किन्न पाइने सिजन : बजाज र हुन्डाईले गरे शुरुवात

नयाँ वर्ष २०८० शुरु हुन अव जम्मा १५ दिन वाँकी छ । नयाँ वर्षमा नयाँ सामान घर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...