एमएडब्लु वृद्धिले ग-यो औपचारिक घोषणा, डोङफेङको इलेक्ट्रिक ह्याचब्याक नामी ०१ नेपाल आउने

काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा प्रतिष्ठित एमएडब्लु वृद्धिले डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको गर्वका साथ घोषणा गरेको छ । कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन नामी ०१ नेपाली बजारमा उपलब्ध हुने र यसले नेपालको ह्याचब्याक सेगमेन्टमा  नयाँपन ल्याउने कम्पनीको अपेक्षा छ ।

प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०/१८१०/१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको छ । यसमा भएका सेगमेन्ट फर्स्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्य भन्दा फरक देखाएको छ ।

पाँच व्यक्ति आरामका साथ बस्न मिल्ने नामी ०१ सात आकर्षक कलरमा उपलब्ध छ, जस मध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ । ककपिटमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी–फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको छ, जुन मोबाइल रिमोट कन्ट्रोल र ओभर–द–एयर अपडेट सहित उपलब्ध छ ।

४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याकद्वारा सुसज्जित नामी ०१ ले एनईडीसी साइकल अनुसार ४३० किलोमिटरको रेन्ज दिन्छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनमा नयाँ युगको सुरुवात गर्ने प्रतिज्ञाका साथ एमएडब्लु वृद्धिले छिट्टै नै सो गाडी नेपाली बजारमा उपलब्ध गराउने छ । नेपाली ग्राहकलाई यसको अद्वितीय प्रविधि र आकर्षक डिजाइनले मोहित पारेर ह्याचब्याक सेगमेन्टको बजारमा नयाँ स्ट्यान्डर्ड तयार गर्ने कम्पनीको अपेक्षा छ । त्यसैगरी यसले वातावरणमैत्री ड्राइभिङ अनुभव समेत उपलब्ध गराउन भूमिका खेल्ने छ ।

एमएडब्लु वृद्धि एमएडब्लु ग्रुप अन्तर्गतको कम्पनी हो । एमएडब्लु ग्रुप अन्तर्गत चांगान, फोटोन, सेरेस, जेसीबी, स्कोडा, जिप, आइसर, यामाहा लगायत कमर्सियल र प्यासेन्जर सेगमेन्टका २० भन्दा बढी ब्रान्ड उपलब्ध छन् । देशभर रहेका ३०० भन्दा बढी टच पोइन्टको फैलिदो नेटवर्कमार्फत सो ग्रुपले कार्य गरिरहेको छ । सो ग्रुपसँग १ हजार २ सय भन्दा बढी कर्मचारी सहितको डेडिकेटेड टिम छ, जसले उच्च स्तरको सेवा र ग्राहक सन्तुष्टिको सुनिश्चितता गरेका छन् ।

सम्बन्धित समाचारहरू

क्विलिन देखि सोडियम आयोन ब्याट्री विकास गर्दै सीएटीएल : बढ्दै इलेक्ट्रिक कारको रेन्ज

क्विलिन देखि सोडियम आयोन ब्याट्री विकास गर्दै सीएटीएल : बढ्दै इलेक्ट्रिक कारको रेन्ज

अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका ‘टाइम’ ले ‘सन् २०२२ का...

इलेक्ट्रिक कार भित्र्याउने मात्र होइन, ब्याट्री व्यवस्थापन समेत गर्न सर्वोच्चको आदेश

इलेक्ट्रिक कार भित्र्याउने मात्र होइन, ब्याट्री व्यवस्थापन समेत गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री...

कारकाे चाबी आल्मुनियम फाइलमा किन बेरिन्छ? रिले अट्याक चोरीबाट बच्ने अचम्मको उपाय

कारकाे चाबी आल्मुनियम फाइलमा किन बेरिन्छ? रिले अट्याक चोरीबाट बच्ने अचम्मको उपाय

हालका दिनमा धेरै कार मालिकले आफ्नो कारको चाबीलाई आल्मुनियम फाइलमा बेर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...