वुलिङ बिंगो ईभी अब नेपालमा, मूल्य ३१ लाख ९९ हजार

काठमाडौं – इन्डोनेसियन ब्रान्ड वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभी सार्वजनिक गरेको छ । सो ईभीको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सो इलेक्ट्रिक कार विभिन्न तीन आकर्षक कलर अप्सनमा उपलब्ध छ ।

सो नयाँ कारमा ३१.९ किलोवाट आवरको लिथियम फेरो–फस्फेट ब्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३३० किलोमिटर रेन्ज दिने दावी छ । साथै कारमा ५० किलोवाट क्षमताको पीएमएसएम मोटर राखिएको छ । उक्त इलेक्ट्रिक मोटरले ६७ पीएस पावर र १५० एनएम टर्क जेनेरेट गर्दछ । कारको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको सो नयाँ कारलाई एसी चार्जरको साहयतामा ५.५ घण्टामा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने फास्ट चार्जरले ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

डुअल टोन फिनिसिङका साथ क्लासिक लुक्स दिइएको बिंगोमा पूर्णतः एलईडी लाइट राखिएको छ । कारमा १०.२५ इन्चको दुईवटा डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, सेरामिक ग्लेज इन्टेरियर, डुअल फ्रन्ट एयरब्याग, अटोमेटिक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ, एबीएस, ईबीडी, ईएसी र क्रुज कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटर सुपर सोको सीपीएक्स : आफ्नै ब्याट्री, टप स्पिड ९० किमी

इलेक्ट्रिक स्कुटर सुपर सोको सीपीएक्स : आफ्नै ब्याट्री, टप स्पिड ९० किमी

नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये सुपर सोको सीपीएक्स...

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन : प्रोटोन ईमास ७

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन : प्रोटोन ईमास ७

प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी ईमास ७ मार्फत नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...