पोखराका झलक दाई र बीएसए बाइकको सम्झना

उहिले यो बीएसए बाइक (BSA bike) को सान नै अर्कै थियो । बाइकको अगाडि हावा छेक्न राखिएको विन्डशिल्ड र यसको चर्को आवाजले साच्चै भटभटे आएको अनुभूति हुन्थ्यो । उहिलेको यो मोटरसाइकलको सम्झना सोध्दै गर्दा दाजु झलक थापाको आँखामा आँसु छचल्किएको थियो ।

८१ वर्ष अगाडि काठमाडौं भाटभटेनीमा जन्मनु भएका दाजु झलक थापालाई ५५ वर्ष अगाडि २०२७ सालमा कर्णेल जिम्मी रवर्ट्सले पर्यटनको सम्भावना अध्ययन गर्न पोखरा पठाउनुभएको थियो । पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँ देखिँदा लोभिनु भए पछि यहीँ सौन्दर्यले पोखरा नै फर्केर यतै अल्झनु भएका झलक दाई, पोखराकी चेली गंगा थापासंग विवाह गर्नुभए पछि पोखराका ज्वाइँ, झलक थापा पोखराकै दाइ बन्नुभयो ।

२०२२ सालमा बेलायती नागरिक जिम्मी रवर्ट्स र जिम एडवर्ड्सले नेपालमा माउन्टेन ट्राभल्स चलाउन थालेका थिए । यहीँ ट्राभल्समा २०२९ सालतिर अल रीड प्रवन्ध निर्देशकका रुपमा काम गर्न थाले । पोखराको शाखामा भने जिम्मी रवर्ट्सले झलक थापालाई जिम्मा दिए । यसपछि उहाँको योगदान पोखराको पर्यटन क्षेत्रमा अत्यधिक रह्यो । उहाँलाई प‍ोखरेलीले पयर्टनविदका रुपमा परिचय दिन थाले । २०३७ सालमा पोखरा नजिकै रुपाताल र बेगनासताल वरपर बेलायती युवराज चार्ल्सले ट्रेकिङ गर्ने तय भयो । जिम्मी रवर्ट्सले झलक थापालाई स्थानीयसँग समन्वय गर्ने र ट्रेकिङको ब्यबस्थापन गर्ने जिम्मा दिए ।

झलक थापाले कुनै व्यवधान नहुने गरी यात्रा सम्पन्न गराउनु भयो । युवराज चार्ल्सले यात्रा सम्पन्न भएपछि झलक थापालाई भन्नुभयो, It's a wonderful place, I love this place. यसको साथै जिम्मी रवर्ट्सले पनि धन्यवाद दिए । पोखरामा रहँदा र ट्रेकिङमा डुल्दै गर्दा चरालाई मन पराउन थाल्नुभएका उहाँलाई जिम्मी रवर्ट्सले पुरस्कारका रुपमा बेलायतमा चराको अध्ययनका लागि पठाई दिनुभयो ।

चराका अध्ययन गर्न जानुभएका झलक थापाले बेलायतमा वाइनमा लोभिनु भयो । शुरुमा घरमै वाइन बनाउन थाल्नुभएका उहाँले पछि बजार बिक्रीका लागि उत्पादन नै थाल्नुभयो । पर्यटनविद तथा चराविदका रुपमा सुपरिचित हुनुभएका उहाँ, वाइन उत्पादक हुनुहुँदा भने धेरैलाई मन परेको थिएन ।

करिव ७ वर्ष अगाडि अचानक विरामी हुनुभए पछि उहाँ थलिनु भयो । विरामीबाट केही तंग्रिनु भए पनि बोली र चालबाट भने तंग्रिन सक्नुभएन । न त सफा बोल्न सक्नुहुन्छ, न त हिड्न नै सक्नुहुन्छ । युवराज चार्ल्सको यात्रा विवरण समेटिएको डकुमेन्ट्री बनाउने क्रममा उहाँका अनुभूति र संस्मरण बुझ्न जाँदा धेरै कुरा भन्न नै सक्नुभएन । म आफैले उहाँका पुराना कुरा सम्झना गराउँदा उहाँको आँखाबाट बररर आँसु झर्न थालेको थियो ।

सुनिल उलक

सम्बन्धित समाचारहरू

ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?

ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा...

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

काठमाडौँ – राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...