राउन्ड टु रोड रेसिङ च्याम्पियनसिप चितवनमा सम्पन्न, यी राइडर बने विजेता

चितवन – चितवनको भरतपुरमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड टुमा सुजन थापा मगर र संस्कार विष्ट विजयी बनेका छन् ।

गत शनिबार सम्पन्न सो च्याम्पियनसिपमा नेसनल र नोभिस तर्फ प्रतियोगिता भएको थियो । नेसनल तर्फ सुजन थापा विजयी बने भने अजय तामाङ र रितेश खत्रीले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यसैगरी नोभिस तर्फ संस्कार विष्ट विजयी बने भने अभिनव राज मल्ल र रुमुहाङ राईले दोस्रो र तेस्रो स्थान हासिल गरे ।

विजयी खेलाडीहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का कार्यकारी निर्देशक गोविन्द भट्टराई र नासा बागमतीका अध्यक्ष राजन पियाले पुरस्कार प्रदान गरे ।

मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गरेको नेपाल रोड रेसिङ च्याम्पियनसिपलाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्था एवम् टीभीएस र यामाहा मोटरसाइकलको समेत सहयोग रहेको थियो ।

च्याम्पियनसिपका लागि चितवन अटोमोबाइल डिलर्स एसोसिएसन तथा सेल, लिक्वी मोली, पेट्रोनस, गल्फ, क्यास्ट्रोल, एभरेष्ट लुब्रिकेन्ट एवम् कवच गियर लगायतको सहयोग रहेको थियो ।

च्याम्पियनसिप यो भन्दा पहिले काठमाडौंमा सम्पन्न भइसकेको छ । यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको मोटर स्पोर्ट्स नेपाल क्लबका कार्यकारी निर्देशक विनोद तण्डुकारले बताए ।

सम्बन्धित समाचारहरू

कलेज–टु–कार्ट्सको विजेता बन्यो धरानको टिम, यी हुन् अन्य विजयी

कलेज–टु–कार्ट्सको विजेता बन्यो धरानको टिम, यी हुन् अन्य विजयी

काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...

आज धुलिखेलमा डर्ट बाइक रेसिङ प्रदर्शनी हुँदै, टिकट आइएमई पेबाट लिन सकिने

आज धुलिखेलमा डर्ट बाइक रेसिङ प्रदर्शनी हुँदै, टिकट आइएमई पेबाट लिन सकिने

काठमाडौं – आज शनिबार धुलिखेलमा डर्ट बाइक रेसिङ च्याम्पियनसिप सिरिजको...

बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...