९ महिनामा अटो लोनको ब्याजदरमा व्यापक कमी, यस्तो छ नविल र वाणिज्य बैंकको दर

महिनाको अन्त्यतिर बैंकहरुले अर्को महिनाका लागि अन्यका साथै अटो लोनका लागि समेत ब्याजदर सार्वजनिक गर्ने गर्छन् । अहिले पनि धेरै बैंकहरुले सो दर सार्वजनिक गरेका छन् ।

पछिल्लो समयमा गाडी किन्नका लागि बैंकहरुले उपलब्ध गराउने ब्याजदरमा पनि निकै नै कमी आएको छ । बजारमा धेरै गाडी बिक्री नभएको चर्चा भइरहेको समयमा गाडी किन्नका लागि बैंकहरुले उपलब्ध गराउने अटो लोनको ब्याजदर भने निकै नै घटेको पाइन्छ ।

हामीले गत वर्षको भदौ महिनाका लागि बैंकहरुले उपलब्ध गराएको अटो लोन र अहिले जेठ महिनाका लागि उपलब्ध गराएको अटो लोनका सन्दर्भमा देशमा प्रमुख दुुई ठूला बैंक राष्ट्रिय वाणिज्य बैंक र नविल बैंकले उपलब्ध गराउने अटो लोनको तुुलनात्मक अध्ययन गरेका छौ । यो अध्ययनबाट पनि बैंकहरुले उपलब्ध गराउने लोनमा धेरै फरक पाइन्छ ।

हाल बैंकहरुले कर्जा स्थिर हुने र परिवर्तन हुने गरी दुई प्रकारले अटो लोन दिने गरेको पाइन्छ । त्यसैगरी निजी र कमर्सियल सवारी साधनका लागि पनि छुट्टाछुट्टै ब्याज दर लिने गरेका छन् भने विद्युतीय सवारी साधनका लागि कम ब्याजदरमै अटो लोन उपलब्ध गराउछन् ।

धेरै बैंकहरुले आफ्नो बेस रेट र त्यसमा थप गरेर ब्याज दर तोक्ने गरेका छन् भने स्थिर ब्याज दरमा भने निश्चित प्रतिशत नै ब्याज दर तोक्ने गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले यसरी गाडी कर्जा प्रदान गर्दा जेठ महिनाका लागि बेस रेटमा ३.५० र विद्युतीय सवारी साधन कर्जामा २.२५ प्रतिशत सम्म थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । हाल बैंकको बेस रेट ८.०२ प्रतिशत छ । यसका आधारमा बैंकले गाडी कर्जाका लागि ११.५२ प्रतिशत सम्म ब्याज लिनेछ भने विद्युतीय सवारी साधनका लागि १०.२७ प्रतिशत सम्म लिनेछ । त्यसैगरी स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि १३.५० र १२.२५ प्रतिशत दर तोकेको छ ।

यसरी गाडी कर्जा प्रदान गर्दा बेस रेटमा २.५० र विद्युतीय सवारी साधन कर्जामा ५ वर्ष सम्मका लागि १.२५ र ५ वर्ष देखि ७ वर्ष सम्मका लागि १.४५ प्रतिशत थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । हाल बैंकको बेस रेट ७.४२ प्रतिशत छ । यसका आधारमा बैंकले गाडी कर्जाका लागि ९.९२ प्रतिशत सम्म ब्याज लिनेछ भने विद्युतीय सवारी साधनका लागि ८.८७ प्रतिशत सम्म लिनेछ । त्यसैगरी स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि ११.५० र ९.५० प्रतिशत दर तोकेको छ ।

नविल बैंकले पहिले प्राइभेट, कमर्सियल र इलेक्ट्रिक भेइकल भनी तीन वर्गमा सबैलाई बेस रेटमा ५ प्रतिशत जोडेर ब्याज लिने गरेकोमा अब भने प्राइभेटमा २ देखि ४ र कमर्सियलमा ३ देखि ४ प्रतिशत सम्म लिने सार्वजनिक गरेको छ भने इलेक्ट्रिक तर्फ प्राइभेटलाई १ देखि ३ र कमर्सियललाई ३ देखि ४ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । बेस रेट पहिले ९.५२ प्रतिशत भएकोमा अब भने ८.३६ प्रतिशत मात्र रहेको छ । यस अनुसार ब्याजदर १२.३६ प्रतिशत सम्म हुनेछ, जबकी पहिले यो १४.५२ प्रतिशत सम्म थियो ।

पहिले ५ वर्ष सम्मका लागि १३.४९ प्रतिशत र ५ देखि ७ वर्ष सम्मका लागि १४.४९ प्रतिशत स्थिर ब्याजदर निर्धारण भएकोमा अब भने क्रमशः ९.९९ प्रतिशत र १०.४९ प्रतिशत रहेको छ ।

यसैगरी अन्य बैंकहरुले समेत निकालेको ब्याज दर हेर्दा सामान्यतः १० प्रतिशतको हाराहारीमा अटो लोन उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकको ६.८३ प्रतिशत ब्याजदरमै अटो लोन

विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकको ६.८३ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं – विद्युतीय सवारी साधन किन्नेहरुका लागि एनएमबि बैंकले विद्युतीय...

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् सवारीसाधन लगायत यस्ता जानकारी

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् सवारीसाधन लगायत यस्ता जानकारी

काठमाडाैं – एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...