चेरीको सब–ब्रान्ड काई अटोमोबाइल्सको एक्स३ प्रो ईभी नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा चिनियाँ अटोमोबाइल कम्पनी चेरीको सब–ब्रान्ड काई अटोमोबाइल्सको इलेक्ट्रिक कार काई एक्स३ प्रो भित्रिने भएको छ । नेपाली बजारमा एलआरआर ग्रुपले सो गाडी भित्र्याउने तयारी गरेको हो ।

काई एक्स३ प्रोमा सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्री र इन्टिग्रेटेड लिक्विड कुलिङ सिस्टमले ४०१ किलोमिटर सम्म रेन्ज भएको अल्ट्रा–लङ ब्याट्री लाइफ प्रदान गर्ने बताइएको छ । लामो यात्रा चाहने यात्रीहरुलाई समेत लक्ष्यित गरी यसमा हाई–स्ट्रेन्थ आल्मुनियम अलोय फ्रेम ब्याट्री बक्स, मल्टी लेयर इन्सुलेसन डिजाइन, इन्टेलिजेन्ट सेफ्टी र फ्रिडम समेत प्रदान गरिएको छ ।

न्यु लेभलको ड्राइभिङ इन्जोयमेन्ट प्रदान गर्न यसमा १०.२५ इन्चको कुल ड्युुअल स्क्रिन, अल्ट्रा हाई डेफिनेसन ३६० डिग्री प्यानोरामिक क्यामेरा आदि उपलब्ध गराइएको छ र यसले स्मार्ट ट्राभल गर्न सहयोग पुु¥याउछ ।

फ्रन्टमा रहेको म्याकफर्सन इन्डेपेन्डेन्ट सस्पेन्सन र रियरमा रहेको मल्टी–लिंक इन्डेपेन्डेन्ट सस्पेन्सनले यात्रामा सहजता प्रदान गर्छ ।

५२.७ किलोवाट आवरको ब्याट्री प्याक, सिंगल चार्चमा ४०१ किमी रेन्ज, ४५ मिनेटमा फुल चार्ज हुने लगायत विशेषता गाडीमा छन् । यसले १२० किलोवाटको पावर र २८० एनएम पिक टर्क जेनेरेट गर्न सक्छ । यसले ३.७७ सेकेन्डमै ० देखि ५० किलोमिटर सम्मको स्पिड लिन सक्छ । यो गाडी ४४०० एमएम लम्बाई, १८३१ एमएम चौडाई र १६५३ एमएम उचाईमा उपलब्ध छ ।

काई अटोमोबाइल्सले टुरिन मोडलिङ डिजाइन सेन्टर, चेरी टेस्ट टेक्नोलोजी सेन्टर, चेङदु अटोमोबाइल रिसर्च सेन्टर र इविन स्मार्ट फ्याक्ट्री जस्ता विश्वका प्रतिष्ठित आरएन्डडी रिसर्च सेन्टरको सहयोगमा उच्च गुणस्तरीय उत्पादन उपलब्ध गराउदै आएको छ ।

एक महिनाभित्रै नेपाली बजारमा परीक्षणका लागि गाडी आउने ग्रुुपले जनाएको छ । अत्याधुनिक प्रविधिको प्रयोगबाट गाडी बनेको र उच्च स्तरीय फिचरहरुको सम्मिश्रण भएकाले नेपाली बजारमा यो गाडी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

अटो एक्सपोमा कियाले देखायो इभी ९ को कन्सेप्ट, यस्तो छ फिचर, व्याट्री र पावरट्रेन

अटो एक्सपोमा कियाले देखायो इभी ९ को कन्सेप्ट, यस्तो छ फिचर, व्याट्री र पावरट्रेन

कोरियन अटो निर्माता कियाले भारतमा जारी अटो एक्सपोमा आफ्नो वहुप्रतिक्षित...

इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटर एनआईयूले एउटै मोडलमा १६ हजार रुपैयाँले मूल्य वृद्धि...

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...