हुन्डाईमा लक्ष्मी ग्रुपको छलाङ : डिलरदेखि आयातकर्ता हुँदै उत्पादक सम्मको यात्रा

गत शुक्रबार प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले हुन्डाई गाडीको एसेम्वल प्लान्ट भ्रमण गरी नेपालमै एसेम्वल भएको पहिलो हुन्डाई मोडल भेन्युलाई सार्वजनिक गरे । त्यसको भोलिपल्ट अर्थात शनिबार सञ्चारकर्मीहरुको ठूलो समुहले नवलपरासीको रामग्रामस्थित एसेम्वल प्लान्टको अवलेकन भ्रमण र गाडीको टेष्ट ड्राइभ गरे । यी दुबै कार्यक्रमले दिन खोजेको स्पष्ट सन्देश एउटै थियो, ‘टु ह्विलरपछि नेपाल अब फोर ह्विलरको उत्पादनमा पनि प्रवेश ग-यो ।’

हुन्डाई गाडीलाई स्वदेशमै एसेम्वल गर्ने व्यावसायिक घरना हो लक्ष्मी ग्रुप । अटोमोबाइल बाहेक डेरी, कन्फेक्सनरी, स्टिल र होम एप्लायन्स लगायत थुप्रै क्षेत्रमा व्यापार विस्तार गरिसकेको यो समुहले सन् २००९ फेब्रुअरीदेखि नेपालमा औपचारिक रुपमा हुन्डाई गाडीको वितरकका रुपमा काम गर्दै आएको छ । ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी आयत गर्दै आएकोमा अव अर्को कम्पनी लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै गाडी एसेम्वल थालेको हो ।

हुन्डाई ब्रान्डसँग लक्ष्मी ग्रुपको सम्वन्ध भने २००९ अघिबाटै सुरु भएको थियो । यो समुहले डिलरसिप लिनुअघि १३ वर्षसम्म एभ्को इन्टरनेसनलले नेपालमा हुन्डाई गाडी आयात गरी बिक्री गर्दा लक्ष्मी ग्रुपको एक कम्पनीले काठमाडौका लागि आधिकारिक डिलरका रुपमा गाडी बिक्री गर्दै आएको थियो । एभ्को इन्टरनेसनल संकटमा पर्न थालेपछि २००८ देखि नै लक्ष्मी ग्रुपले सिधै कोरियाबाट आयात गरी गाडी बिक्री गर्न थालिसकेको थियो । पछि फेब्रुअरी २००९ मा यो ग्रुपले नेपालका लागि एकमात्र आयातकर्ताका रुपमा हुन्डाई गाडी बिक्री गर्ने अवसर पायो ।

शोरुममात्रै होइन गाडीको मर्मत सम्भार र स्पेयर पार्ट्स बिक्री गर्ने आउटलेट (सर्भिस सेन्टर) को आधुनिकीकरणमा समेत लक्ष्मी समुहको प्रयासलाई अनुकरणिय मानिन्छ ।

आधिकारिक बिक्रेता बनेको १५ वर्षपछि कम्पनीले ठूलो लगानी लगाएर अत्याधुनिक प्लान्ट स्थापना गरी नेपालमै गाडी उत्पादन थालेको हो ।

सोरुम, सर्भिस सेन्टर र एसेम्वलीमा ट्रेन्ड सेट
हुन्डाई ब्रान्डलाई आफू मातहत ल्याएपछि यो समुहले नेपालको अटोमोबाइल बजारमा ‘ट्रेण्ड’ नै सेट गर्नेगरी काम गर्दै आएको छ । सोरुमको आधुनिकीकरण देखि ‘आफ्टर सेल्स सपोर्ट’मा उत्कृष्ट सेवा दिन कम्पनीले गरेको मेहनत र लगानीकै कारण हुन्डाई ब्रान्ड ग्राहकको पहिलो रोजाइमा पर्दै आएको छ ।

अटोमोबाइल हवका रुपमा परिचित थापाथलीमा पहिलो अत्याधुनिक सोरुम संचालन गरेको जस समेत लक्ष्मी समुहलाई नै जान्छ । फराकिलो पूर्बाधारमा सुविधासम्पन्न सोरुम संचालन गरेर कम्पनीले गाडी बिक्री गर्ने नयाँ ट्रेन्ड सेट गरेको थियो । हुन्डाई मोटर कोरियाको गाइडलाइन अनुसार खडा भएको उक्त संरचना अहिले पनि निकै भब्य र आधुनिक देखिन्छ । पछि हुन्डाईकै सिको गरी अन्य ब्रान्डले पनि सोरुमको पूर्बाधारलाई अत्याधुनिक बनाउँदै लगेका छन् । हुन्डाईको अहिले देशभर संचालनमा रहेका १६ वटै सोरुम अत्याधुनिक र सुविधासम्पन्न वनिसकेका छन् ।

शोरुममात्रै होइन गाडीको मर्मत सम्भार र स्पेयर पार्ट्स बिक्री गर्ने आउटलेट (सर्भिस सेन्टर) को आधुनिकीकरणमा समेत लक्ष्मी समुहको प्रयासलाई अनुकरणिय मानिन्छ । उपत्यकामा रहेको उसको कुपन्डोल, वसुन्धारा र सिनामंगलस्थित सर्भिस सेन्टर पूर्बाधार र सुबिधाका हिसावले सर्बोत्कृष्ट छ भन्दा फरक पर्दैन । गाडीको बिक्री र विक्री पछिको सेवामा उत्कृष्ट सेवा दिँदै आएको लक्ष्मी समुहले आफ्नो एसेम्वल प्लान्टलाई समेत अत्याधुनिक र सुविधासम्पन्न बनाउन कुनै कसुर बाँकी राखेको छैन । काठमाडौ उपत्यका सहित देशभर संचालनमा रहेका १९ वटै सर्भिस सेन्टर पूर्वाधार र सुविधाका हिसावले उत्कृष्ट छन् ।

सोरुम र सर्भिस सेन्टरको आधुनिकीकरणमा ट्रेन्ड सेट गर्न सफल यो समहुले संचालनमा ल्याएको एसेम्बल प्लान्ट समेत अत्याधुनिक र सुविधासम्पन्न छ । दक्षिण एसियाली राष्ट्रमा भारतपछि दोस्रो अत्याधुनिक हुन्डाई प्लान्ट स्थापना गरेको कम्पनीले स्वदेशमै हुन्डाईजस्तो प्रख्यात मल्टिनेसनल ब्रान्डलाई नेपालमै एसेम्वल गर्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ । फोर ह्विलरको एसेम्वलमा बाटो देखाएको लक्ष्मी समुहलाई अनुशरण गरी भोलिका दिनमा अन्य ब्रान्डले पनि स्वदेशमै प्लान्ट लगाउने सम्भावना उच्च देखिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाइले देखायो हाइड्रोजन सेल प्रविधीमा आधारित कारको कन्सेप्ट

हुन्डाइले देखायो हाइड्रोजन सेल प्रविधीमा आधारित कारको कन्सेप्ट

कोरियन अटो निर्माता हुन्डाई मोटर्सल हाइड्रोजन सेल प्रविधीमा आधारित कारको...

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका...

ह्याचब्याक र सेडान दुवै विकल्पमा हुन्डाईको ‘प्राइम’ ट्याक्सी लन्च

ह्याचब्याक र सेडान दुवै विकल्पमा हुन्डाईको ‘प्राइम’ ट्याक्सी लन्च

हुन्डाई मोटर भारतीय व्यावसायिक ट्याक्सी बजारमा प्रवेश गरेको छ। कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...