ब्याट्री, मोटर र कन्ट्रोलरमा लाइफ टाइम वारेन्टी सहित वुलिङको नयाँ ईभी लन्च

इन्डोनेसियामा चलिरहेको पेरिकलिन्डा इलेक्ट्रिक भेइकल शो (पीईभीएस) मा वुुलिङ क्लाउड ईभी लन्च भएको छ । वुलिङले हाल विश्व बजारमा उपलब्ध गराइरहेको वुलिङ एयर मिनी ईभी र वुलिङ बिंगो सिटी कार पछिको यो तेस्रो ईभी हो । यसको मूल्य ४१० मिलियन इन्डोनेसियन डलर अर्थात करिव ३२ लाख रुपैयाँ तोकिएको छ ।

यो गाडीको ब्याट्री, इलेक्ट्रिक मोटर र कन्ट्रोलरमा लाइफ टाइम वारेन्टी उपलब्ध गराइएको छ । त्यसैगरी ७ किलोवाटको चार्जर र मर्मत सुविधा जस्ता विभिन्न सुविधा समेत उपलब्ध छ ।

पीईभीएसमा उपलब्ध टप पाँच डायमन्ड ब्रान्ड मध्ये वुलिङ क्लाउड सबैभन्दा बढी अर्डर गरिएको सवारी साधन हो । अन्य मोडलको तुलनामा यो ६७ प्रतिशत बढी अर्डर भएको दावी गरिएको छ ।

वुलिङ क्लाउड सिंगल भेरिएन्टमा उपलब्ध छ । यसको फ्रन्ट एक्सलमा १३६ पीएसको इलेक्ट्रिक मोटर रहेको छ । यसमा भएको ५०.६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

यसमा पावर्ड टेलगेट, १३५ डिग्री ब्याकरेस्ट रिक्लाइन सहितको फ्रन्ट सिट, वायरलेस चार्जर, रियर एसी, ३६० डिग्री क्यामेरा र एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ र एईबी सहितको एडास फिचर रहेको छ ।

इन्डोनेसियामा बेस्ट सेलिङ बीईभी अर्थात ब्याट्री इलेक्ट्रिक भेइकल ब्रान्डको रुपमा वुलिङ लोकप्रिय छ । सन् २०२४ को पहिलो क्वाटरमा यसको ६४ प्रतिशत बजार हिस्सा भएको दावी गरिएको छ ।

नेपालमा समेत वुलिङ ब्रान्डका ईभी बिक्रीका लागि उपलब्ध छन् । वुलिङ एयर ईभी बज्र गु्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले बिक्री–वितरण गरिरहेको छ भने वुलिङ बिंगो पारामाउन्ट मोटर्सले बिक्री–वितरण् गर्ने गरी सम्झौता भएको सार्वजनिक भएको थियो र हाल विवादित अवस्थामा छ ।

भविष्यमा वुलिङ क्लाउड ईभी समेत नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने अुनमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ को मुख्य आकर्षण : उड्ने कार

नाडा अटो शो २०२५ को मुख्य आकर्षण : उड्ने कार

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२५ को...

छोटो समयमै लिपमोटरका १०० युनिट सी१० ईभी नेपालमा बिक्री

छोटो समयमै लिपमोटरका १०० युनिट सी१० ईभी नेपालमा बिक्री

काठमाडौं – लिपमोटर नेपालले छोटो समयमै १०० युनिट लिपमोटर सी१० कार...

एमएडब्लू वृद्धिको सीसीएस२ चार्जिङ स्टेसन अव जोमसोममा पनि

एमएडब्लू वृद्धिको सीसीएस२ चार्जिङ स्टेसन अव जोमसोममा पनि

काठमाडौं–एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...