बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

जापनिज अटो जायन्ट टोयोटाले चीनमा बीवाइडीको प्लेटफर्म प्रयोग गरी हाइब्रिड कार बनाउने भएको छ । टोयोटाले बीवाइडीको प्लगन–इन–हाइब्रिड डीएम–आई प्लेटफर्म प्रयोग गरी हाइब्रिड कार बनाउन लागेको हो ।

कम्पनीले यसअघि आफ्नै टोयोटा हाइब्रिड सिस्टम प्रयोग गरी चीनमा कार उत्पादन गर्दै आएको थियो । उक्त प्लेटफर्ममा बनेका कारले बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि टोयोटाले बीवाइडीको प्लेटफर्म प्रयोग गरी हाइब्रिड कार उत्पादन गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

टोयोटाले बीवाइडीसंग सहकार्य गर्न लागेको यो पहिलोपटक भने होइन । उसले सन् २०२१ मै बीवाइडीसंगको ज्वाइन्ट भेन्चरमा इलेक्ट्रिक भेइकल टेक्नोलोजी स्थापना गरेको थियो । सन् २०२३ मा टोयोटाले बीवाईडीसंग मिलेर बिजेड३ इलेक्ट्रिक कारलाई चीनमा लन्च गरिसकेको छ । उक्त कारमा बीवाइडीले आफ्नो ब्लेड ब्याट्री, मोटर र अन्य कार टेक्नोलोजी टोयोटालाई सेयर गरेको छ ।

चिनियाँ बजारमा प्रतिस्पर्धा गर्न कम्पनीले एफएडब्लु र जीएसीसंग समेत साँझेदारी गर्दै आएको छ । प्राइस वारसंग सामना गर्न टोयोटाले चिनियाँ ब्राण्डसंग साँझेदारी गर्नुपरेको रिपोर्टमा उल्लेख छ । टोयोटाले यसअघि आफ्नै प्लेटफर्ममा ल्याएको कोरोला, लेभीन र -याभ फोरको हाइब्रिड भर्सनले चीनबाट अपेक्षित बजार पाउन सकिरहेको छैन ।

बीवाईडीले डीएम(डुअल मो) प्लेटफर्म अन्तर्गत चीनमा डिएमआई(डुअल मोड इन्टेलिजेन्ट) र डिएम–पी(डुअल मोट पर्फमेन्स) सेग्मेन्टमा बिभिन्न मोडलक हाइब्रिड कार उत्पादन गर्दै आएको छ । डिएम–पी प्लेटफर्म प्रयोग गरेर कम्पनीले अल–ह्विल ड्राइभ मोडलका कार उत्पादन गर्दै आएको हो । कम्पनीले हालै आफ्नो सब्र ब्राण्ड फाङ चेङ बाओ अन्तर्गत हार्ड कोर एसयुभी उत्पादन गर्न अर्को छुट्टै डिएमओ प्लेटफर्म समेत ल्याएको छ ।

सम्बन्धित समाचारहरू

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...

दैनिक ६ युनिट बिक्री भए मर्सिडिज बेन्जका १ करोड भारु भन्दा बढी मूल्य पर्ने लक्जरी कार

दैनिक ६ युनिट बिक्री भए मर्सिडिज बेन्जका १ करोड भारु भन्दा बढी मूल्य पर्ने लक्जरी कार

भारतमा कोरोना कालमा भारुतमा लक्जरी कारको बिक्रीमा तीव्रता आएको छ । जर्मन...

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं युनिभर्सिटी अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...