नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक हुने

काठमाडौं– नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक हुने भएको छ । कम्पनीले सञ्चारकर्मीहरुलाई यसको टेस्ट ड्राइभ र अनुभव गराउने भएको छ ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राममा अत्याधुनिक प्लान्ट स्थापना गरी स्वदेशमै गाडी एसेम्वल सुरु गरेको हो । लक्ष्मी मोटर कर्पोरेसनको नाममा गाडी एसेम्वल गर्ने गरी ग्रुपले २०७६ सालमै उद्योग दर्ता गरेको थियो । उद्योगले बार्षिक ८ हजार गाडी एसेम्वल गर्ने लक्ष्य राखेको छ ।

सव फोर मिटर एसयुभीमा निकै राम्रो बजार लिएको भेन्युलाई स्वदेशमै एसेम्वल गर्न कम्पनीले विगत केही समययता तयारी गर्दै आएको थियो । नेपालमै एसेम्वल भएको भेन्युलाई कम्पनीले नेपालको विभिन्न भुगोलमा परिक्षण समेत गरिसकेको छ । उक्त परिक्षण पार गरिसकेपछि बिक्रीका लागी औपचारिक लन्च गर्न लागिएको हो ।

नेपाली बजारमा भेन्यु १.० लिटर टर्वो पेट्रोल र १.२ लिटर नेचुरल्लि एस्पिरेटेड इन्जिनमा उपलब्ध रहँदै आएको छ । जसमध्ये टर्बो पेट्रोलमा एउटा र नचुरल्लि एस्पिरेटेड इन्जिनमा ४ वटा भेरिएन्ट उपलब्ध छ । सम्भवतः यी सबै भेरिएन्ट नेपालमै एसेम्वल हुनेछन् । यो एसयूभीको मूल्य नेपाली बजारमा ४१ लाख ९६ हजारदेखी ५८ लाख ९६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

स्वेदशमै एसेम्वल भएपछि भेन्युको मूल्य केही सस्तो पर्ने अनुमान गरिएको छ । एसेम्वल किटको आयत गर्दा सरकारले भन्सारमा २५ प्रतिशत र अन्तशुल्कमा ५० प्रतिशत छुटको साथै आयकर लगायत छुट र अन्य सुबिधा दिँदै आएको छ ।

सम्बन्धित समाचारहरू

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको...

हुन्डाई आयोनिक२ को पहिलो टिजर सार्बजनिक, छिट्टै सार्बजनिक हुने

हुन्डाई आयोनिक२ को पहिलो टिजर सार्बजनिक, छिट्टै सार्बजनिक हुने

हुण्डाईले सेप्टेम्बर ९ मा म्युनिखमा हुने आईएए मोबिलिटी शो २०२५ मा अनावरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...