हुम्ला-काठमाडौँ बस सेवा सुरु
काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म...
राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले हिजोदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको छ ।
करिब ३ वर्ष नेपालमा सेवा दिइसकेपछि ‘इन्ड्राइभ’ले औपचारिक रूपमा कम्पनी दर्ता गरेर सेवा दिन थालेको हो । इन्ड्राइभले हिजो एक कार्यक्रममार्फत औपचारिक रुपमा सेवा शुरु गरेको घोषणा गरेको हो । यसको लागि इन्ड्राइभले नेपालमा नै कार्यालय संचालनमा समेत ल्याएको छ ।
कम्पनीले भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ।
इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने बताएकाे छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलको भनाइ छ। यसैगरी उनले अबदेखि हरेक राइडको भुक्तानीमा राइडरबाट कम्पनीले कमिशन स्वरुप १० प्रतिशत लिने समेत बताइन् । केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने उनकाे भनाई छ ।
इन्ड्राइभकी एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा सुरु गर्न पाउँदा आफूहरु हर्षित बनेको बताइन्। उनले भनिन्, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”
कुल ४६ देशका ७४९ सहरमा २० करोड एप डाउनलोडमार्फत झन्डै एक अर्ब व्यक्तिलाई सेवा पुर्याएको दाबी गर्ने इन्ड्राइभले नेपालमा राइड सेयरिङ उद्योगका रूपमा दर्ता गर्न लगभग एक वर्ष प्रयास गरेपछि अन्ततः आफ्नो अनौपचारिक सेवालाई कानूनी रूप दिएको हो ।
इन्ड्राइभले नेपालमा राइड हेलिङ्गका साथसाथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहकार्य समेत गर्दै आएको छ।
काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म...
आर्थिक वर्ष २०२६ को भारतको मोटरसाइकल बजारको बिक्री तथ्याङ्क सार्वजनिक...
नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसन (एनएमआरएफ) ले विश्व वातावरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...