१३ लाख ३९ हजार भारुमा लन्च भयो किया सोनेट एक्स लाइन
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार ईभी–६ को फेसलिफ्ट ल्याउने भएको छ । आगामी साता ग्लोवल डेब्यू हुने अनुमान गरिएको सो कारको अहिले टिजरहरु सार्बजनिक भइरहेका छन् । हाल बिक्री हुँदै आएको ईभी–६ लाई पुरै रिफ्रेस गरेर ल्याउन लागिएको सो कारको एक्सटेरियरदेखी इन्टेरियरसम्ममा नयाँ पन पाउन सकिने जनाइएको छ ।
कारलाई पुरै नयाँ लुक्स दिन कियाले ईभी–६ फेसलिफ्टमा ‘माइल्ड डिजाइन ट्विक्स’ दिन लागेको छ । साथै यसमा पुरै नयाँ हेडलाइट सेट र पातालो एलइडी ग्राफिक्स दिइने अनुमान गरिएको छ । टाइगर नोज ग्रिलले कारको फ्रन्ट लुक्सलाई नयाँपन दिने बताइएको छ ।
कारको इन्टेरियरमा अपडेट गरिएको इन्फोटेन्मेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्विल र सेफ्टि फिचरमा परिवर्तन हुनेछ । आयोनिक ५ फेसलिफ्टमा जस्तै यसमा पनि ८४ किलोवाट आवरको ब्याट्री प्याक जडान हुने अनुमान गरिएको छ । हाल बिक्री हुँदै आएको ईभी ६ मा ७७.४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध रहेकोमा ब्याट्री साइज बढ्दा रेन्जमा समेत बृद्धि हुनेछ ।
किया ईभी६ नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एक प्रिमियम इलेक्ट्रिक कार हो । सिंगल चार्जमा ५२८ किलोमिटर रेन्ज दिने दावी गरिएको यो कारको मूल्य नेपाली बजारमा १ करोड २६ लाख तोकिएको छ ।
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...
कीयाले आफ्नो सर्बाधिक लोकिप्रय एसयूभी सेल्टोसमा दुई नयाँ भेरिएन्ट थप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...