आज लन्च हुँदै होन्डा एलिभेट, हुन्डाई क्रेटाको प्रतिस्पर्धी बन्ने अनुमान
भारतमा आज होन्डाको मिड साइज कार एलिभेट लन्च हुँदैछ । भारत र नेपालमा समेत...
भारतीय बजारमा हिरो र होन्डाका बाइक तथा स्कुटर निकै लोकप्रिय छ । बिक्रीको मामलामा पनि यी दुई कम्पनी बिच प्रतिस्पर्धा हुने गरेको छ । तर यस पटक भने होन्डाले भारतमा पहिलो पटक नम्बर १ टु ह्विलर कम्पनीको उपाधि पाएको छ ।
आर्थिक वर्ष २०२४–२५ मा होन्डाले भारतीय बजारमा अप्रिलमा ५ लाख ४१ हजार ९४६ युनिट बाइक र स्कुटर बिक्री गरी पहिलो स्थान हासिल गर्न सफल भएको छ । होन्डाले भारतीय बजारमा ४ लाख ८१ हजार ४६ युनिट बिक्री गरेको थियो भने ६० हजार ९ सय युनिट निर्यात भएको थियो । होन्डाको यो बिक्री एक वर्ष अघिको तुलनामा आन्तरिक बिक्री ४२ प्रतिशतले बढेको छ भने निर्यात ६७ प्रतिशतले बढेको छ ।
होन्डाको प्रतिस्पर्धी हिरो मोटोकर्पले अप्रिलमा ५ लाख ३३ हजार ५८५ युनिट टु ह्विलर बिक्री गरी दोस्रो भएको छ । होन्डाले पहिलो पटक हिरोलाई हराउन सफल भएको हो । हिरो मोटोकर्पले भन्दा होन्डा ८ हजार ३६१ युनिट बढि बिक्री गरेको छ । एक वर्षअघि अप्रिल २०२३ मा हिरो मोटोकर्पले ३ लाख ९६ हजार १०७ युनिट मोटरसाइकल बिक्री गरेको थियो ।
भारतीय बजारमा हिरो स्प्लेंडर र होन्डा एक्टिभा सबैभन्दा बढी बिक्री हुन्छ भने होन्डाको एसपी १२५, शाइन सिरिज र हिरो एचएफ डिलक्सलगायतका अन्य बाइकको बिक्री बढी हुने गरेको छ । यी दुबै कम्पनीले बजेट मुल्यमा १०० सीसी देखि १२५ सीसी सम्मका मोटरसाइकल तथा स्कुटर उपलब्ध छ, जसको माइलेज र परफर्मेन्स पनि राम्रो छ ।
भारतमा आज होन्डाको मिड साइज कार एलिभेट लन्च हुँदैछ । भारत र नेपालमा समेत...
होन्डाले भारतमा एनएस २०० बाइकको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा कारहरु सस्तो मूल्यमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...