नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर लन्च गर्दै क्लासिक ह्विल्स

काठमाडौं - नेपालमा हाल क्रसफायर र इटालिका मोटोका मोटरसाइकल बिक्री वितरण गरिरहेको क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपालमा हाल उपलब्ध इलेक्ट्रिक स्कुटर मध्ये सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । क्लासिक ह्विल्सले ग्यारो ईभी स्कुटर नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

विगत ६ महिना देखि नै सो स्कुटर नेपाली सडकमा परीक्षण गरिरहेको र अब अन्य सबै कमजोरी सच्याएर नेपाली बजारका लागि उपलब्ध हुने गरी निर्माण गरिएको भर्सन हाल परीक्षण भइरहेको कम्पनीको भनाइ छ । नेपाली सडक सुहाउदो तरिकाले निर्माण गरिएको सो स्कुटर आगामी बैशाख २९ गते औपचारिक रुपमा सार्वजनिक गरिने भएको छ ।

आगामी बैशाख २९ गते धुलिखेलको डर्ट टेम्पलमा एमएक्स च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । सोही अवसरमा ग्यारो ईभी स्कुटर समेत सार्वजनिक गरिने छ । सोही समयमा उक्त स्कुटरको वारेमा विस्तृत विवरण सार्वजनिक हुनेछ ।

कम्पनीले अहिले यसको विशेषता, रेन्ज र मूल्य लगायतका कुनै पनि जानकारी दिएको छैन । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र विविध फिचरका कारण यसले गजबको राइडिङ एक्सपेरियन्स दिने बताइएको छ । प्रभावकारी रेन्ज र अद्रितीय पर्फमेन्सका कारण यो स्कुटरले नेपाली बजारमा एक बेन्चमार्क सेट गर्ने कम्पनीको दावी छ ।

क्लासिक ह्विल्सले पहिले देखि नै उपलब्ध गराइरहेका अन्य मोटरसाइकलको सर्भिस नेटवर्क राम्रो छ । सो नेटवर्कमार्फत मार्केट पोर्टफोलियो थप वृद्धि गर्ने लक्ष्यका साथ इलेक्ट्रिक सेगमेन्टमा समेत प्रवेश गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

काठमाडौं–एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी...

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटोमोबाइल उद्योगको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले...

दिपल ईभी पोखरामा हिमालय अर्गनाइजेशनले बिक्री गर्ने

दिपल ईभी पोखरामा हिमालय अर्गनाइजेशनले बिक्री गर्ने

नेपाली बजारमा निकै लोकप्रिय बनेको ईभी ब्रान्ड दिपललाई पोखरामा हिमयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...