एमजीले सार्वजनिक ग-यो प्यारासुटसहितको इलेक्ट्रिक कन्सेप्ट हाइपर कार ईएक्सई १८१

बेइजिङ अटो शोको पूर्वसन्ध्यामा एमजी कम्पनीले इलेक्ट्रिक कन्सेप्ट हाइपरकार ईएक्सई १८१ प्रस्तुत गरेको छ । कम्पनीले सो कार ईएक्सई १८१ बाट प्रेरणा लिएर निर्माण गरेको हो ।

कम्पनीले सो कारको डिजाइन निकै उत्कृष्ट तरिकाले गरेको छ । यसको डिजाइन एलियन सिप यूएफओ जस्तो देखिन्छ । सिङ्गल सिट भएको कन्सेप्ट इलेक्ट्रिक हाइपरकारमा एयरब्रेक जस्ता फिचर दिइएको छ । यसको गति तीव्र भएको हुनाले यसलाई रोक्न प्यारासुटको प्रयोग गर्नुपर्नेछ ।

हालको लागि एमजीले सो हाइपरकारको कन्सेप्ट मोडल मात्र प्रस्तुत गरेको हो । कारको बारेमा अधिक जानकारी सार्वजनिक भएको छैन । रिपोर्टका अनुसार सो कारले १.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा चल्न सक्नेछ । यसको टप स्पिड पनि ४१५ किलोमिटर प्रतिघण्टा हुने अपेक्षा गरिएको छ । कम्पनीले यसमा १ हजार हर्स पावरभन्दा बढी पावर दिने मोटर जडान गर्नेछ ।

कम्पनीले यसलाई कन्सेप्ट हाइपरकारका रुपमा मात्रै प्रस्तुत गर्दै आएको छ । सो कारको प्रोडक्सन भर्सन अहिलेसम्म तयार भएको छैन । रिपोर्टका अनुसार यसको प्रोडक्सन भर्सन ल्याउन अझै २ देखि ४ वर्ष लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

चांगान दिपल एल०७ नेपालमा बिक्री हुने, मूल्य ६६ लाख ९९ हजार

चांगान दिपल एल०७ नेपालमा बिक्री हुने, मूल्य ६६ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा हाल चर्चा कमाइरहेको चांगान अन्तर्गत दिपल...

वुलिङले ल्यायो सस्तो मूल्यमा आकर्षक इलेक्ट्रिक सिटी कार

वुलिङले ल्यायो सस्तो मूल्यमा आकर्षक इलेक्ट्रिक सिटी कार

वुलिङले नयाँ इलेक्ट्रिक सिटी कार वींगोलाई लन्च गरेको छ । यो नयाँ...

कम्वस्चन इन्जिनमा विच्किएका ग्राहकलाई इलेक्ट्रिकले आकर्षित गर्दै चिनियाँ ब्रान्ड

कम्वस्चन इन्जिनमा विच्किएका ग्राहकलाई इलेक्ट्रिकले आकर्षित गर्दै चिनियाँ ब्रान्ड

नेपाली बजारमा इलेक्ट्रिक भेइकलको माग हरेक वर्ष वृद्धि भैरहेको छ । पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...