एमजीले सार्वजनिक ग-यो प्यारासुटसहितको इलेक्ट्रिक कन्सेप्ट हाइपर कार ईएक्सई १८१

बेइजिङ अटो शोको पूर्वसन्ध्यामा एमजी कम्पनीले इलेक्ट्रिक कन्सेप्ट हाइपरकार ईएक्सई १८१ प्रस्तुत गरेको छ । कम्पनीले सो कार ईएक्सई १८१ बाट प्रेरणा लिएर निर्माण गरेको हो ।

कम्पनीले सो कारको डिजाइन निकै उत्कृष्ट तरिकाले गरेको छ । यसको डिजाइन एलियन सिप यूएफओ जस्तो देखिन्छ । सिङ्गल सिट भएको कन्सेप्ट इलेक्ट्रिक हाइपरकारमा एयरब्रेक जस्ता फिचर दिइएको छ । यसको गति तीव्र भएको हुनाले यसलाई रोक्न प्यारासुटको प्रयोग गर्नुपर्नेछ ।

हालको लागि एमजीले सो हाइपरकारको कन्सेप्ट मोडल मात्र प्रस्तुत गरेको हो । कारको बारेमा अधिक जानकारी सार्वजनिक भएको छैन । रिपोर्टका अनुसार सो कारले १.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा चल्न सक्नेछ । यसको टप स्पिड पनि ४१५ किलोमिटर प्रतिघण्टा हुने अपेक्षा गरिएको छ । कम्पनीले यसमा १ हजार हर्स पावरभन्दा बढी पावर दिने मोटर जडान गर्नेछ ।

कम्पनीले यसलाई कन्सेप्ट हाइपरकारका रुपमा मात्रै प्रस्तुत गर्दै आएको छ । सो कारको प्रोडक्सन भर्सन अहिलेसम्म तयार भएको छैन । रिपोर्टका अनुसार यसको प्रोडक्सन भर्सन ल्याउन अझै २ देखि ४ वर्ष लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

थापाथलीमा खुल्यो आयन र एक्स्पेङ ईभीको नयाँ एक्स्पेरिएन्स सेन्टर

थापाथलीमा खुल्यो आयन र एक्स्पेङ ईभीको नयाँ एक्स्पेरिएन्स सेन्टर

काठमाडौं–सीजी मोटर्सले थापाथलीमा आयन र एक्स्पेङ ईभीको एक्स्पेरिएन्स...

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

काठमाडौं – इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली...

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...