नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’, अब ३ मिनेटमै बलम्बु हुँदै धादिङ

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छिचोलिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।

यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । अब काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ ।

समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो । नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपतकालीनरुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

सम्बन्धित समाचारहरू

संगीतप्रेमीका लागि उत्कृष्ट कार: दमदार अडियो सिस्टमले ड्राइभिङ अनुभवलाई बनाउँछ अझ रोचक

संगीतप्रेमीका लागि उत्कृष्ट कार: दमदार अडियो सिस्टमले ड्राइभिङ अनुभवलाई बनाउँछ अझ रोचक

आजको समयमै ड्राइभिङ केवल यात्राको माध्यम मात्र नभई एक अनुभवको रूपमा विकास...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त, राजमार्ग अवरुद्ध

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त, राजमार्ग अवरुद्ध

काभ्रे–टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र...

काठमाडौंबाट लामो दुरीका सवारीमा अझै रोक, टिकट काटेकालाई पैसा फिर्ता

काठमाडौंबाट लामो दुरीका सवारीमा अझै रोक, टिकट काटेकालाई पैसा फिर्ता

काठमाडौं – काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...