होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न

काठमाण्डौ– होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्रि पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।

उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरि ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकि द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतिय पुरस्कार प्राप्त गरे । उनीहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गरे भने बाँकी सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर .ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निर्देशन अनुशार टेक्निसियनहरु होण्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरि प्रत्यक क्षेत्रबाट २÷२ जना छनोट गरि राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गरिएको थियो ।

स्याकार ट्रेडिङ कम्पनिले विगत केहि वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । प्रतियोगिताबाट टेक्निसियनको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्य कुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनिको भनाई छ ।

सम्बन्धित समाचारहरू

होण्डा ग्राजिया किन्दा लामिछानेलाई १० लाख उपहार

होण्डा ग्राजिया किन्दा लामिछानेलाई १० लाख उपहार

काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा ल्याएको...

नेपाली बजारमा भित्रियो होन्डाको अर्को बाइक सीबी ३५० आरएस, मूल्य र विशेषता यस्तो

नेपाली बजारमा भित्रियो होन्डाको अर्को बाइक सीबी ३५० आरएस, मूल्य र विशेषता यस्तो

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता...

होन्डा नयाँ बाइकको टिजर सार्वजनिक ग-यो, हन्टर ३५० लाई कडा प्रतिस्पर्धा दिने

होन्डा नयाँ बाइकको टिजर सार्वजनिक ग-यो, हन्टर ३५० लाई कडा प्रतिस्पर्धा दिने

होन्डा बिगविङले नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । सो बाइकले रोयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...