सिट्रोन ईसी–३ को इन्डोनेसियामा निर्यात सुरु

सिट्रोनले भारतमा उत्पादित इलेक्ट्रिक कार ईसी–३ लाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न थालेको छ । मेड–इन–इन्डिया ईसी–३ को पहिलो ब्याच हालै इन्डोनेसियामा पठाइएको हो । यससंगै भारतमा उत्पादन गरेर विश्व बजारमा ईभी निर्यात गर्ने पहिलो मल्टिनेश्नल ब्राण्डका रुपमा सिट्रोनले आफ्नो पहिचान कायम गरेको छ । नेपालमा भने उक्त कार भारतमा लन्च भएको केही समयपछि आएको थियो ।

ईसी–३ मा २९.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ । जसले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । कारम दिइएको फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटरले ५६ बिएचपी पावर र १४३ एनएम टर्क जेनेरट गर्छ । कारको टप स्पिड १०७ किलोमिटर प्रतिघण्टा छ ।

स्टेलान्टिस इन्डियाका सीईओ एबं एमडी आदित्य जयराजले भारत एक रणनीतिक बजार मात्र नभई स्टेलान्टिस समूह भित्र सवारी साधन, कम्पोनेन्ट र मोबिलिटी टेक्नोलोजीका लागि प्रमुख सोर्सिङ हब पनि रहेको बताए ।

इलेक्ट्रिक कार ईसी–३ बाहेक भारतमा उत्पादित पेट्रोलियम कारलाई सिट्रोनले आसियान र अफ्रिकी बजारहरूमा निर्यात गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली सोरुममा सिट्रोन ई–सी३, टेस्ट ड्राइभ गर्न सकिने

नेपाली सोरुममा सिट्रोन ई–सी३, टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ सोरुमहरुमा पुगेको छ । नेपालका...

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे...

सिट्रोन बेसाल्ट बन्यो भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी

सिट्रोन बेसाल्ट बन्यो भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी

सिट्रोन बेसाल्ट भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी बनेको छ । भारत न्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...