रोयल इन्फिल्ड पोकर रन पोखरा प्रस्थान, धुमधामका साथ मनाइदै नयाँ वर्ष

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरु सहभागी पोकर रन पोखरातिर प्रस्थान गरेको छ । विहान एक कार्यक्रमका बिच नेपाल पर्यटन बोर्डका कार्यकारी सीईओ नन्दिनी लाहे थापा र रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेल लगायतले पोकर रनका राइडरहरुलाई विदाई गरे ।

रोयल इन्फिल्ड पोकर रन नेपाललाई स्याक्रेड समिट्सले आयोजना गरेको हो भने यसमा अल्फा अटोमोटिभको मुख्य प्रायोजन रहेको छ । नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन बोर्ड पोखरा र पोखरा पर्यटन परिषदको संबद्धता तथा रेड बुल इनर्जी ड्रिंक, डाबर नेपाल रियल जुस र कवच राइडिङ गियरको सह–प्रायोजन र अन्य धेरैको साथ सहयोग रहेको छ ।

करिव २०० किलोमिटरको दुरी पार गरी पोखरा पुगेर लेकसाइडस्थित होटल ल्यान्डमार्कमा त्यो रातको बास, गाँस र चास अर्थात मधुशाला, पार्टी र मनोरञ्जनको व्यवस्था हुनेछ ।

सो कार्यक्रमको अर्को रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले ताससँग सम्बन्धित एक किसिमको खेललाई बुझाउछ । पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एकएक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउदा जसको दाउ सबैभन्दा ठुलो हुन्छ, त्यो नै त्यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनीद्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ । कार्यक्रमकै अंश अनुरुप लाइभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरी सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरिन्छ ।

कार्यक्रममा सहभागीहरुलाई विभिन्न प्रकारका रोचक पुरस्कारको समेत व्यवस्था गरिने छ । यसमा बेस्ट पोकर ह्यान्ड, बेस्ड इन्फिल्ड अवार्ड, सपोर्टिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लङ डिस्टेन्स राइडर र यात्रा अवधिभर धेरै दुःख दिने मोटरसाइकललाई हार्ड लक अवार्ड प्रदान गरिने छ ।

बैशाख १ गतेका दिन सबै सहभागीहरु पोखराको संघ अन्नपूर्ण बाल गृहमा गएर विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यस पटक १०० भन्दा बढी बाइक राइडरहरु कार्यक्रममा सहभागी भएका छन् ।

सम्बन्धित समाचारहरू

२५० सीसी क्षमताको सबैभन्दा कम मूल्यको अफरोड बाइक क्रसफायर ट्रयाकर सार्वजनिक

२५० सीसी क्षमताको सबैभन्दा कम मूल्यको अफरोड बाइक क्रसफायर ट्रयाकर सार्वजनिक

अफरोड अर्थात डर्ट सेग्मेन्टमा चर्चित क्रसफायरले २५० सीसी क्षमतामा...

नेपाली बजारमा भित्रियो सीएफमोटोको २५० सीसी स्पोर्ट्स रेसिङ मोटरसाइकल

नेपाली बजारमा भित्रियो सीएफमोटोको २५० सीसी स्पोर्ट्स रेसिङ मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा सीएफमोटोको २५० एसआर बाइक भित्रिएको छ । नेपालका...

रोयल इन्फिल्डले २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल ल्याउने

क्रुजर सेग्मेन्टमा सर्बाधिक लोकप्रिय रोयल इन्फिल्डले सन् २०२२ मा ५ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...