ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत मोटोखानाका विजेताहरु पुरस्कृत, समापन भयो टुरिङ र रेसिङ

पोखरा – मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स–हिमालय एड्भेन्चर मुस्ताङको मुक्तिनाथ पुगेर पोखरा आएर समापन भएको छ । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका थिए भने फेरि बेनी हुँदै पोखरा पुगेका हुन् ।

पोखरामा आयोजना भइरहेको मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भ्रमण गरी सो राइड समापन गरियो ।

यो भन्दा पहिले मुक्तिनाथ नजिकै ३ हजार ५० मिटर उचाईमा रहेको सेल्फी डाँडामा राइडरहरुका बिच टाइम ट्रेल च्यालेन्ज ‘मोटोखाना’ बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो । सो प्रतियोगितामा विजयी ऋषभ शर्मा र अनुष्का शर्मालाई एक कार्यक्रमका बिच पोखरामा पुरस्कृत गरिएको छ । त्यसैगरी सबै राइडरहरुलाई समेत प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरियो ।

सो प्रतियोगितामा ऋषभ शर्मा र अनुष्का शर्माका साथै अपूर्व बैकडी, शान्त हरि आचार्य, सरोज महर्जन, सञ्जित राम श्रेष्ठ, रौनक अधिकारी, ईश्वर वल्ल्भ उप्रेती, दिपेन्द्र कुमार खड्का र सुनिल श्रेष्ठ, सहभागी भएका थिए ।

उनीहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सदस्यद्वय प्रमोद श्रेष्ठ ‘गुफी’ र आशिष रौनियारबाट पुरस्कृत गरिएको छ ।

ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ । राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका छन् र विजेताहरुलाई केही समय पछि पुरस्कृत गरिने बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पु¥याउने छ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ । आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गर्दै जाने आयोजकको भनाइ छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।

सम्बन्धित समाचारहरू

६४ वर्ष पहिले : जब मारिया बनिन् फर्मुला वानमा भाग लिने पहिलो महिला

६४ वर्ष पहिले : जब मारिया बनिन् फर्मुला वानमा भाग लिने पहिलो महिला

सन् १९२६ मा एक धनी इटालियन परिवारमा जन्मेकी, मारिया टेरेसा डे फिलिपिस एक...

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड...

खेलकुदमन्त्री गुप्तासमक्ष नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा सुझावपत्र पेश

खेलकुदमन्त्री गुप्तासमक्ष नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा सुझावपत्र पेश

काठमाडौं – नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...