कम उचाइका राइडरलाई लक्षित गर्दै कावासाकीले ल्यायो नयाँ केएलएक्स २३० एस, मूल्य पनि परिमार्जित
कावासाकीले सन् २०२७ का लागि आफ्नो लोकप्रिय अफरोड मोटरसाइकल केएलएक्स २३०...
आरएस ४५७ को लन्च पछि अप्रिलियाले भारतीय बजारमा अप्रिलिया टुआरेग ६६० बाइक लन्च गर्ने तयारी गर्दैछ । अप्रिलिया टुआरेग ६६० कम्पनीको भारतीय वेबसाइटमा सूचीबद्ध भइसकेको छ, जसमा सबै जानकारी दिइएको छ । यद्यपि कम्पनीले अहिलेसम्म यसको लन्च मिति भने सार्वजनिक गरेको छैन ।
टुआरेग ६६० दुई वर्षभन्दा बढी समयदेखि विश्वव्यापी रूपमा बिक्री भइरहेको छ । यो एक एड्भेन्चर बाइक हो । यसमा पावरको लागि ६५९ सीसी लिक्विड कुल्ड प्यारेलल ट्विन इन्जिन जडान गरिएको छ । सो इन्जिनले ७९ बीएचपीको पावर र ७० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ट्रान्समिशनको लागि ६ स्पिड गियरबक्स दिइएको छ ।
टुआरेग ६६० तीन रङमा उपलब्ध हुनेछ । सो बाइक एड्भेन्चर टुरर भएकोले यसको फ्रन्टमा ठूलो विन्डस्क्रिन, स्पोक रिम्स, ठूलो इन्धन ट्यांकी र फ्ल्याट सिटका साथ अपस्वेप्ट एक्जस्ट दिइएको छ । बाइकको सिट हाईट ८६० एमएम र ग्राउन्ड क्लियरेन्स २४० एमएम छ ।
बाइकमा फिचरको रुपमा ४ राइडिङ मोड, स्विच गर्न मिल्ने एबीएस, ट्रयाक्सन कन्ट्रोल र अप्रिलिया परफर्मेन्स राइड कन्ट्रोल दिइएको छ । यसमा राइडर असिस्ट इलेक्ट्रोनिक्सको सिरिज समावेश छ ।
सो बाइकमा डर्ट बाइक जस्तो स्टाइल दिइएको छ । जसमा बुमेराङ आकारको सिंगल पिस सिट र लामो अपस्वेप्ट एक्जस्ट छ । सो बाइकको तौल १८७ किलोग्राम र इन्धन ट्यांकीको क्षमता १८ लिटर छ ।
सस्पेन्सनका लागि बाइकमा फ्रन्टमा कायाबा यूएसडी र रियरमा कायाबा मोनोशक युनिट दिइएको छ । बाइकको फ्रन्टमा २१ इन्चको स्पोक ह्विल र पछाडि १८ इन्चको स्पोक ह्विल रहेको छ । यसको मूल्य करिब १० लाख भारु हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...