चेरीद्वारा सिंगल चार्जमा ९३२ माइल रेन्ज दिने नयाँ सोलिड स्टेट ब्याट्रीको विकास
चिनियाँ अटो निर्माता चेरीले सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रबिधीको अनावरण...
अमेरिकन अटो निर्माता स्टेलान्टिस र चिनको लिप मोटरले सहकार्य गरी मलेसियामा सस्तो ईभी उत्पादन गर्ने भएका छन् । यी दुई कम्पनी मिलेर छिट्टै बजारमा नयाँ इलेक्ट्रिक ह्याचब्याक ल्याउने घोषणा गरिएको हो । सो नयाँ ईभीको मूल्य ६ हजार डलर हाराहारी तय हुने जनाइएको छ ।
सन् २०१५ देखी चीनमा कम मूल्यका गाडी उत्पादन गर्दै आएको लिप मोटरले जीप, सिट्रोन, प्यूजो, क्राइस्लर, मसेराटी र आरएएम जस्ता चर्चित ब्राण्डको उत्पादक स्टालान्टिससंग ब्यावसायीक साँझेदारी गर्दै आएको छ ।
सोही साँझेदारीको एक हिस्साका रुपमा दुई कम्पनी मिलेर मलेसियामा नयाँ कार उत्पादन गर्न लागेका हुन् । स्टेलान्टिसले छिट्टै पोल्याण्डमा पनि लीप मोटरको प्लान्ट लगाउने योजना अघि सारेको छ ।
लिप मोटरको मेलेसियामा लन्च हुने पहिलो मोडल टी–०१ हुने र यसको सुरुवाती मूल्य ६ हजार डलर हाराहारी तय हुने कम्पनीको भनाई छ । उक्त ह्याचब्याक कारमा कम्पनीले ४०, ५५ र ८० किलोवाट क्षमताको मोटर अप्सन दिनेछ ।
साथै, ब्याट्रीमा पनि २१.६, ३१.९ र ४१.३ किलोवाट आवरको विकल्प पाइनेछ । उक्त कारले सिंगल चार्जमा २०० देखी ४०० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।
चिनियाँ अटो निर्माता चेरीले सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रबिधीको अनावरण...
काठमाडौं – एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स...
काठमाडौं– नेपालमा इलेक्ट्रिक टु ह्विलर भित्रिएको निकै लामो समय बितिसकेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...