सुजुकी फ्रङककै मुल्यमा आयो टोयोटा टेसर, यस्तो छ मूल्य र विशेषता

टोयोटाले आफ्नो सबैभन्दा सानो र सस्तो एसयुभी टेसर लन्च गरेको छ । फ्रन्ट फेसिया अर्बान क्रुजरबाट लिइएको सो नयाँ एसयूभीको साइड प्रोफाइल र लुक्स भने सुजुकी फ्रङकसंग मिल्दोजुल्दो देखिन्छ ।

टोयोटाले उक्त सव–फोर मिटर एसयूभीको सुरुवाती मूल्य ७ लाख ७३ हजार भारु निर्धारण गरेको छ । टेसर १.० टर्बो पेट्रोल र १.२ लिटर पेट्रोल नेचुरल्लि एस्पिरिटेड ईन्जिनका साथ आएको हो ।

सुजुकी फ्रङकको इन्जिन जडान भएर आएको सो कारको मूल्य समेत फ्रङककै हाराहारीमा तय गरिएको हो । सुजुकीले फ्रङकलाई सुरुवाती मूल्य ७ लाख ५० हजार भारुमा बिक्री गर्दै आएको छ भने टप स्पेक भेरिएन्टलाई १३ लाख भारु पर्छ । जवकी टोयोट टेसरको महंगो भेरिएन्टको मूल्य समेत १३ लाख ३ हजार भारुमात्र तोकिएको छ ।

सुजुकी बे्रेजामा टोयोटाको लोगो लागेर आएका यसअघिको अर्बान क्रुजरको मूल्य ब्रेजाको तुलनामा निकै महंगो थियो । एउटै प्लेटफर्मममा बनेको एसयूभी भएपनी मूल्यमा ठूलो अन्तर भएपछि अर्बाना क्रुजरले बजार लिन सकेन भने ब्रेजाले लामो समससम्म यो सेग्मेन्टमा बजारलाई लिड गर्यो । सोही बिषयलाई मध्यनजर गर्दे कम्पनीले टेसरलाई भने फ्रङककै हाराहारीमा मूल्य निर्धारण गरेर ल्याएको हो ।

टोयोटाले सो एसयूभीमा ९ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा, ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, हिल होल्ड एसिस्ट र हेड अप डिस्प्ले जस्ता धेरै फिचर उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

सन् २०२१ मा विश्व भर सबैभन्दा धेरै गुगल सर्च गरिएको कार ब्रान्ड बन्यो टोयोटा

सन् २०२१ मा विश्व भर सबैभन्दा धेरै गुगल सर्च गरिएको कार ब्रान्ड बन्यो टोयोटा

गुगल सर्च इन्जिनमा टोयोटा सबैभन्दा धेरै खोजिने कार ब्रान्ड बनेको छ । गत...

मर्सिडिज बेन्जलाई पछि पार्दै टोयोटा बन्यो विश्वकै मूल्यवान कार ब्रान्ड

मर्सिडिज बेन्जलाई पछि पार्दै टोयोटा बन्यो विश्वकै मूल्यवान कार ब्रान्ड

विश्वको सबैभन्दा मूल्यवान अटोमोबाइल कम्पनी टोयोटा बनेको छ । यो भन्दा...

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटा हाइराइडरका यस्ता छन् ५ विशेषता : जसले एसयूभीलाई बनाएको छ नम्बर १

टोयोटाले चाँडै नै मारुती सुजुकीसँग साझेदारीमा मिड साइज एसयूभी सेगमेन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...