थप सुरक्षित बनेर आयो होन्डा सिटी र एलिभेट, अब सबै भेरिएन्टमा ६ वटा एयर व्याग

होन्डाले सिटी र एलिभेटमा सेफ्टि फिचर अपग्रेड गरेको छ । दुबै कारको सबै भेरिएन्टमा अब ६ वटा एयरब्याग अनिबार्य गरिएको छ भने ३–पोइन्ट इमर्जेन्सी लकिङ रिट्र्याक्टर सिटबेल्ट र सिटबेल्ट रिमाइन्डरहरू सबै सिटमा उपलब्ध हुनेछ ।

६ वटा एयरब्यागलाई यसअघि नै अनिबार्य गरिएको सिटी हाइब्रिडमा अब सबै यात्रुका लागि सिटबेल्ट रिमाइन्डर अनिबार्य गरिएको छ । साथै अर्को कम्प्याक्ट सेडान अमेजमा पनि सबै सिटमा सीट बेल्ट रिमाइन्डर अनिबार्य गरिएको छ ।

सुरक्षाका अतिरिक्त होन्डाले कारको क्याविनमा उपलब्ध फिचरमा पनि केही परिवर्तन गरेको छ । अब सिटीको एसभी भेरियन्टमा ४.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र भीएक्स भेरियन्टमा ८ स्पिकर साउन्ड सिस्टम र रियर सनशेड उपलब्ध हुने जनाइएको छ ।

एलिभेटका एसभी, भी र भएक्स भेरियन्टहरूले ड्राइभर र यात्रु दुवै पक्षमा ढक्कनसहितको सन भाइजर भ्यानिटी मिरर पाउँनेछन् भने एसभी र भी ट्रीममा ७ इन्चको सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुनेछ ।

होन्डा एलिभेट, अमेज र सिटी तीनवटै कार नेपाली बजारमा समेत उपलब्ध मोडल हुन् । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले निकट भविष्यमा अपग्रेड भएका यी नयाँ कारलाई समेत भित्र्याउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्याउँदै आफ्नो पहिलो इलेक्ट्रिक कार, २०२६ सम्ममा लन्च हुने संकेत

होन्डाले ल्याउँदै आफ्नो पहिलो इलेक्ट्रिक कार, २०२६ सम्ममा लन्च हुने संकेत

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। यो कुनै पुरानो...

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...

होन्डा मोटरसाइकल र कार बिक्री गर्ने ज्योति ग्रुपको नाम अब पद्म ज्योति समुह, नयाँ लोगो सार्बजनिक

होन्डा मोटरसाइकल र कार बिक्री गर्ने ज्योति ग्रुपको नाम अब पद्म ज्योति समुह, नयाँ लोगो सार्बजनिक

काठमाडौं–नेपालको पुरानो मध्ये एक व्यापारिक घरना ज्योति समुह विभाजित भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...