इभीका लागी आवश्यक कम्पोनेन्ट भारतमै उत्पादन गर्ने टोयोटाको योजना
जापनिज अटो निर्माता टोयोटाले इभीका लागी आवश्यक कम्पानेन्टको उत्पादन...
टोयोटाले आफ्नो आगामी कम्प्याक्ट एसयूभी टेसरको टिजर सार्वजनिक गरेको छ । कम्पनीले सोसल मिडियामा टेसरको १५ सेकेन्डको टिजर भिडियो सेयर गरेको छ। टोयोटाले अप्रिल ३ मा टेसर लन्च गर्ने भएको छ र यसको मूल्य पनि सोही दिन घोषणा गरिने छ ।
रिपोर्टका अनुसार कम्पनीले अप्रिलको अन्त्यमा वा मेको सुरुमा टेसरको डेलिभरी गर्नेछ। नयाँ टेसर टोयोटाको सबैभन्दा सानो एसयूभी हुनेछ।
टोयोटा अर्बन क्रुजरको डिजाइन मारुती फ्रङक जस्तै एउटै बडी प्यानल र फिचरको हुनेछ। यद्यपि नजिकबाट हेर्दा टेसरको डिजाइनमा केही फरक भने हुनेछ । नयाँ टेसरको फ्रन्ट ग्रिलको डिजाइन, अलोय ह्विल, फ्रन्ट र रियरको बम्परमा नयाँ डिजाइन दिइएको छ ।
कम्पनीले यसको इन्टेरियर डिजाइनमा केही परिवर्तन गरेको छ । सो एसयूभीमा ९ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा र हेड अप डिस्प्ले जस्ता धेरै फिचर उपलब्ध गराइएको छ तथा फ्रङ्कमा जस्ता कम्फर्ट फिचर पनि दिइएको छ ।
सो एसयूभीमा इन्ट्री-लेभल १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन सुसज्जित हुनेछ। साथै कम्पनीले टेसर १.० लिटर बुस्टरजेट पेट्रोल इन्जिन भेरिएन्ट र सीएनजी भेरिएन्टमा पनि लन्च हुने अपेक्षा गरिएको छ ।
अर्बन क्रुजर टेसरले मारुती सुजुकी स्विफ्ट, निसान म्याग्नाइट, रेनो काइगर, टाटा नेक्सन, किया सोनेट, हुन्डाई भेन्यू र महिन्द्रा एक्सयूभी३०० जस्ता कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
जापनिज अटो निर्माता टोयोटाले इभीका लागी आवश्यक कम्पानेन्टको उत्पादन...
अन्ततः लामो समयदेखि प्रतीक्षित टोयोटाको नयाँ इनोभा हाइक्रस एमपीभी भारतमा...
९० बर्षदेखी अमेरिकामा सर्बाधिक बिक्री हुने अटो ब्रान्डका रुपमा आफूलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...