ट्रान्स हिमालय एड्भेन्चर पुग्यो पोखरा, गरियो स्वागत र विदाई

पोखरा – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौंबाट प्रस्थान गरेकाे ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली पोखरा पुगेको छ ।

-यालीलाई पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्रीधर शर्मा, गण्डकी अटोमोबाइल्स एसोसिएसनका सल्लाहकार नारायण प्रसाद शर्मा र अध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र कोइराला तथा सदस्यहरु चाँदनी हमाल र रविना श्रेष्ठ लगायतले राइडरहरुलाई स्वागत गरे ।

पोखरा सहर परिक्रमा गरी आजै राइडरहरु विदाई भएर नौडाँडा पुगेका छन । केही दिन पहिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको सन्दर्भमा साहसिक तथा पर्यटकीय खेल गतिविधिमार्फत यसलाई सघाउन सो टुरिङ तथा रेसिङ कार्यक्रमले सघाउ पु-याउने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पु-याउने छ ।

सो राइडिङमा काठमाडौंबाट आएका राइडरका साथै केही राइडर पोखराबाट समेत थप भएका छन् । यसमा भारतबाट समेत केही राइडर सहभागी भएका छन् ।

राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी हुने र विजेताहरुलाई पुरस्कृत गरिने बताइएको छ ।

सो ¥याली भोलि नौडाँडाबाट कालोपानी, लेते हुँदै मुक्तिनाथका लागि प्रस्थान गर्नेछ । टुरिङको दौरान बाग्लुङ, बेनी र अन्य स्थानका स्थानीय निकायसँग टु ह्विल टुरिङ सम्बन्धी विभिन्न जानकारीमूलक कार्यक्रम गरिने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।

सम्बन्धित समाचारहरू

शनिबार इन्टरनेसनल फिमेल राइड डे, सिन्धुलीगढी सम्म महिला मोटरसाइकल -याली हुने

शनिबार इन्टरनेसनल फिमेल राइड डे, सिन्धुलीगढी सम्म महिला मोटरसाइकल -याली हुने

काठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा आगामी शनिबार महिला...

मनिलामा सम्पन्न रोड सेफ्टी कन्फ्रेन्समा नेपालको दमदार सहभागिता, दिगो सडक र सुरक्षित यातायात चर्चा

मनिलामा सम्पन्न रोड सेफ्टी कन्फ्रेन्समा नेपालको दमदार सहभागिता, दिगो सडक र सुरक्षित यातायात चर्चा

एसिया प्यासिफिक क्षेत्रका देशहरुको सडक सुरक्षा सम्बन्धी अन्तर सरकारी...

पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न, यो वर्ष गरिने कार्यक्रमको घोषणा

पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न, यो वर्ष गरिने कार्यक्रमको घोषणा

पोखरा – गण्डकी अटोमोबाइल्स एसोसिएसनको संयोजन तथा नेपाल अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...