शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर, मुस्ताङका लागि प्रस्थान गरे बाइकर

काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको टोली प्रस्थान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो ।

सो ¥याली आज पोखराको सराङकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ ।

पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई पाेखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्व सदस्य सम्पन्न श्रेष्ठ र पाेखरा महानगर खेलकुद परिषद अध्यक्ष दिपक गाेदारले स्वागत गर्नेछन् ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने छ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना हुन लागेको हो ।

सम्बन्धित समाचारहरू

कोलम्बोमा एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको सुरुवात

कोलम्बोमा एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको सुरुवात

नेपाल लगायतका विश्वका हिन्दुहरु महान चाड बडादशैमा व्यस्त हुने क्रममा...

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

काठमाडौं – जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स...

अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडरेसन (एफआईएम) मा नेपाल

अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडरेसन (एफआईएम) मा नेपाल

अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडेरेसन (एफआईएम) को वार्षिक सधारण सभा इटालीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...