ट्रान्स हिमालय एड्भेन्चरको तयारी पुरा, भोलि मुस्ताङ प्रस्थान गर्दै बाइकरहरु

काठमाडौं – काठमाडौं देखि मुस्ताङ सम्म बाइकरहरुको सम्मिलित हुने मोटरसाइकल टुरिङ (यालीको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसनको मोटरसाइकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम भोलि देखि शुरु हुनेछ भने आगामी शुक्रबार सम्म चल्ने छ ।

नेपाललाई विश्वकै मोटर स्पोर्ट्सको गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यले आयोजना हुने कार्यक्रममा काठमाडौं देखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाइकल टुरिङ -याली हुनेछ ।

कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्द्रुक, वाग्लुङ, तातोपानी, रुप्से झरना, लेते, कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राइडिङ सम्वन्धी जनचेतनामूलक कार्यक्रम समेत हुनेछ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने छ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने कार्यक्रम पोखरामा हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर समापन हुनेछ ।

कार्यक्रम संयोजक अनिलकुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताए । राष्ट्रिय खेलकुद परिषद्ले नेपालको साहसिक तथा पर्वतीय खेलकुदमा लिएको चासो दिगो खेल पर्यटनको आधार बन्ने विश्वास देखिएको बरालले बताए ।

सम्बन्धित समाचारहरू

ह्यामिल्टनले जिते स्पेनिस ग्रांपी

ह्यामिल्टनले जिते स्पेनिस ग्रांपी

लुइस ह्यामिल्टनले रोमान्चक मोडमा लुइस भेर्सटापनलाई हराएर स्पेनिस...

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरा – पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न...

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

काठमाडौं – जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...