मोटरसाइकल चोरी : संख्या, सम्भावित स्थान, विधि र बच्ने उपाय

पछिल्लो समयमा उपत्यका र देशका अन्य स्थानहरुमा पनि चोरी गरी अनधिकृत रुपमा प्रयोग गर्ने प्रवृत्ति देखापरेको छ । विशेष गरेर साना सवारी साधन त्यसमा पनि मोटरसाइकलहरु अत्यधिक रुपमा चोरी हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

उपत्यकामा मात्रै आ.व. २०७७/०७८ मा १ हजार ३ सय ५६ वटा, २०७८/०७९ मा मा १ हजार ६ सय ४ वटा, र आ.ब. २०७९/०८० मा १ हजार ६ सय ५५ वटा मोटरसाइकल हराएको निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पीडित सहायता कक्षमा परेको छ । यसरी चोरी गरी अनधिकृत रुपमा सञ्चालन गरिएका मोटरसाइकलबाट आपराधिक क्रियाकलाप बढ्न सक्ने हुँदा तपाई हामी पनि समयमै सजग र सचेत हुनु आवश्यक छ । आउनुहोस् मोटरसाइकलको चोरी हुन सक्ने अवस्था र अपनाउनु पर्ने सावधानीका बारेमा यहाँ केही चर्चा गरौं ।

मुलुकी ऐनको चोरीको महल (४) अनुसार आफ्नो हक नपुग्ने अचल भैरहेकोलाई चलको हिसाव गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मञ्जुरी नलिई धनीको हक मेटाई आफुले लिना खानाका लागि जुनसुकै कुरो गरी बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ । मुलुकी ऐनको चोरीको परिभाषाको अतिरिक्त सवारी साधनको हकमा, भन्सार छली नेपालमा आयात गरिएको, नक्कली नम्बर प्लेट राखी चलाइएको, यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाएको समेतलाई तथा कानुनसंगत रुपमा आयातित सवारी साधनहरु समेत तोकिएको समयावधि पछि कानुनी सर्त उल्लंघन गरि चलेको सवारी साधनलाई समेत चोरीको मान्न सकिन्छ ।

चोरी हुन सक्ने सम्भावित स्थानहरु

 असुरक्षित पार्किङ स्थलहरु । जस्तै : भोज, पार्टी, समारोह, अस्पताल
 एकान्त ठाउँको पार्किङ
 घरको कम्पाउण्ड तथा गेट बाहिर
 लामो समयसम्म पार्किङ गरिने स्थानहरु

चोरी गर्दा अपनाउने बिधिहरु

 लक तोडेर
 डाइरेक्ट स्टार्ट गरेर
 मास्टर कि प्रयोग गरेर
 जर्वजस्ती चोरी गरेर वा एकान्तमा लुटेर
 गाडीमा लोड गरेर
 मोटरसाइकल किन्छु भन्ने बहानामा अवस्था कस्तो छ ? एकैछिन चलाएर ट्रायल गर्छु भन्ने निहुँले लिई फरार हुने ।

मोटरसाइकल चोरीबाट बच्ने उपाय

 एकान्त तथा असुरक्षित स्थानमा पार्किङ नगर्ने ।
 अतिरिक्त लक अथवा अलार्मको प्रयोग वा जडान गर्र्ने ।
 जुनसुकै साँचोले खोल्ने अवस्थाको समयसम्म सवारी मर्मत नगरेर सवारी साधन नचलाउने ।
 घरमा पार्किङ गरेको त हो नि, सुरक्षित भैहाल्छ नि भनी लापरवाही नगर्ने ।
 लामो समयसम्म एकै स्थानमा पार्किङ गरी नराख्ने ।
 रिकन्डिसन वा व्यक्तिबाट मोटरसाइकल खरिद गर्दा सवारी दर्ता किताव (ब्लु बुक) को विवरण, मोटरसाइकलको विवरण यातायात ब्यवस्था कार्यालयको अभिलेख भिडाएर मात्र खरिद गर्ने ।
 मोटरसाइकल धनीले मोटरसाइकल चोरी हुन सक्छ भनि हमेसा आवश्यक सावधानी अपनाउने ।

सम्बन्धित समाचारहरू

स्मार्ट बसपार्क अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

स्मार्ट बसपार्क अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

धरान (सुनसरी) – धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट...

चीनका सडकमा अब रोबोटिक ट्राफिक प्रहरी

चीनका सडकमा अब रोबोटिक ट्राफिक प्रहरी

पूर्वी चीनको शहरहरुमा रोबोट ट्राफिक प्रहरी संचालनमा आएको छ । पूर्वी चीनको...

चन्द्रागिरिमा सवारी साधनको निःशुल्क परीक्षण सम्पन्न

चन्द्रागिरिमा सवारी साधनको निःशुल्क परीक्षण सम्पन्न

काठमाडौं – काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...