२३ वर्षमा होण्डाले भारतमा बिक्री गर्यो ६ करोड बाइक, सर्बाधिक बिक्री हुने मोडल एक्टिभा

भारतीय बजारमा प्रवेश गरेको २३ वर्ष अबधीमा होण्डाले ६ करोड बढी मोटरसाइकल र स्कुटर बिक्री गरेको छ । सन् २००१ को जुन महिनामा आफ्नो पहिलो मोडल एक्टिभा स्कुटर ल्याएर बिक्री सुरु गरेको कम्पनीले ११ वर्षको अवधीमा १ करोड बाइक बिक्री गरेको थियो ।

त्यसपछिको तीन वर्ष अबधीमा अर्को १ करोड मोटरसाइकल र स्कुटर बिक्री गर्न सफल कम्पनीले अप्रिल २०१७ मा ३ करोड बाइक बिक्री हाँसिल गरेको भन्दै खुसियाली मनाएको थियो । त्यसपछिको ७ वर्ष अबधीमा कम्पनीले अर्को ३ करोड मोटरसाइकल र स्कुटर बिक्री गर्दैै २३ वर्ष अबधीमा ६ करोड पुर्याएको हो ।

पहिलो मोडलका रुपमा लन्च भएको एक्टिभा स्कुटर हालसम्म पनि सर्बाधिक बिक्री हुने होण्डा मोडलमा गनिँदै आएको छ । यो स्कुटर भारतमा महिनाकै २ लाख युनिट हाराहारीमा बिक्री हुन्छ ।

कम्पनीले हाल भारतमा एक्टिभा स्कुटर सहित डिओ तथा ग्राजिया स्कुटर उत्पादन गरी बिक्री गर्दै आएको छ भने मोटरसाइकलमा साइन एसपी, यूनिकर्न, हर्नेट, सिडी ११०, एक्सब्लेड, हाइनेस सिबी ३५०, सिबी ३५० आरएस र सिबी २०० एक्स लगायत मोडलका मोटरसाइकल उपलब्ध छ ।

नेपाली बजारमा समेत सर्बाधिक बिक्री हुने टु–ह्विलर ब्राण्डका रुपमा परिचित यसको डिओ र ग्राजिया स्कुटर सर्बाधिक बिक्री हुने स्कुटरमा पर्छन । यसैगरी मोटरसाइकलमा साइन सर्बाधिक बिक्री हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट भारतीय बजारमा लन्च भइसकेको छ ।...

ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

काठमाडौँ – नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कुटरले ५ हजार ३००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...