नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन ईमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयुभी
काठमाडौँ– प्रोटोन ईमास ७ नेपाली बजारमा उपलब्ध एक लोकप्रिय इलेक्ट्रिक...
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई आह्वान गरेका छन्।
काठमाडौँमा याडिया जी६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेशन राखेको भए पनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिब ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताए।
उनले एकैठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यससम्बन्धी नीति बनाइदिन लगानीकर्ताहरुले आग्रह गरिरहेको बताए। धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशन बनेको उनले जानकारी दिए।
उनले चार्जिङ स्टेशनमा गरिएको लगानी पट्रोलपम्पमा गरिने लगानीभन्दा ठूलो हुने बताए। उनले प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभई प्रोत्साहनका लागि लगानी गरिरहेकोज उल्लेख गरे। उनले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भए पनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताए।
उनले भने, ‘सुरुमा हामीले प्रमोसनका लागि, वास्तवमा त्यो बेला कतै पनि चार्जिङ स्टेशन थिएन। हामीले प्रमोशनका लागि ५१ वटा फास्ट चार्जिङ स्टेशन, विद्युत प्राधिकरणले राखेको थियो। त्यसलाई थपेर देशभर विभिन्न ठाउँमा ६२ वटा बनायौँ। अहिले निजी क्षेत्र र विद्युत प्राधिकरण गरी करिब ४ सय वटा फास्ट चार्जिङ स्टेशन देशभर रहेका छन्। कुनै ठाउँमा फास्ट चार्जिङ स्टेशन राख्ने लगानीकर्ताहरुले पोलिसी बनाइदिनुपर्छ, एकै ठाउँमा धेरै चार्जरहरु आयो, हाम्रो चार्जर फुल क्यापासिटीमा चल्नुपर्ने थियो, चलेन भन्नेसम्म भएको छ। यो धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म छ।’
उनले थपे,’म एउटा आह्वान के गर्न चाहन्छु भने सबै लगानीकर्तालाई फास्ट चार्जिङ स्टेशनमा सबैले लगानी गर्नुपर्छ। यो लगानी अर्को ठूलो लगानी हो। यो पेट्रोलपम्पभन्दा ठूलो लगानी यो फास्ट चार्जिङ स्टेशनमा आउनुपर्छ। फास्ट चार्जिङ स्टेशनको लगानी भनेको मल्टी डाइरेक्शन लगानी हुन्छ। त्यो एउटा ठूलो चेन बिजनेस बन्छ। यसमा निजी क्षेत्र आउनुपर्छ, निजी क्षेत्रलाई ओपन गर्नुपर्छ भनेर गरिरहेका छौँ। हामीले फास्ट चार्जिङ स्टेशनबाट कमाएका छैनौँ, गुमाएका छौँ। हामीले राति चार्ज गर्दा ५ रुपैयाँ, ७५ पैसा दिएका छौँ, हाम्रो कस्ट नै ९ रुपैयाँसम्म पर्छ। यो प्रमोसनका लागि हो। हाम्रो बेसिक प्राइज हामीले हाम्रो कस्ट भन्दा पनि कममा दिएका छौँ।’
उनले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्ने गरी विकास गर्न आवश्यक रहेको बताए। ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने उनको भनाइ थियो।
काठमाडौँ– प्रोटोन ईमास ७ नेपाली बजारमा उपलब्ध एक लोकप्रिय इलेक्ट्रिक...
काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...