डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज चल्दै, मोटरस्पोर्ट्स र रेसिङ कल्चर बढाउँदै

काठमाडौं – धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोकस रेसट्रयाक डर्ट टेम्पलले डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ । जनवरीदेखि सुरु भएको सो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो।

यस सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ एक कार्यक्रम गरिएको छ । सो अवसरमा एफआईए काउन्सिल मेम्बर गोविन्द भट्टराई र अन्य वक्ताहरुले डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजका वारेमा जानकारी प्रदान गरे ।

पाँच वटा रेससम्मको यस सिरिजले नेपाली मोटोस्पोर्ट्सलाई उचाईमा पु¥याउन र नेपाली रेसिड प्रतिभाको नयाँ पुस्तालाई प्रबर्दन गर्ने प्रयास गरेको छ । यस च्याम्पियन सिरिजको तेस्रो रेस सम्म पुरा भइसकेको छ । चौथौं रेस मार्चको २८ र ३० गते हुनेछ भने फाइनल अर्थात पाँचौँ रेस अप्रिलको २५ र २७ गते धुलिखेलमा हुनेछ । हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्टले अगाडि रहेका छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंक्तिमा रहेका छन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजले रेसरहरूलाई उनीहरूको सीप, प्रतिभा र धैर्यशीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ । अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित अप्रिलमा यस च्याम्पियनसिप पुरा हुनेछ । यसका लागि निरन्तर प्रतिस्पर्धा र अभ्यास भइरहेको आयोजकले बताएका छन् ।

‘यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो ।’, डर्ट टेम्पलका इजब बरुण भन्छन्, ‘हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिहेका छौं ।’

यस सिरिजमा दुई वर्ग रहेका छन् । खुला वर्गका लागि स्टक २५० सीसी मोटरसाइकलमा चढ्ने नयाँ रेसरहरू छन् भने एलिट वर्गमा प्रोफेसनल रेसरहरू छन् । २९ जना रेसरहरूमध्ये एलिटमा ९ जना र २० जना खुला वर्गमा रहेका छन् । उनीहरुले रेसपछि उपाधि र क्यास प्राइजहरु जित्नेछन् । साथै एलिट वर्गको एक विजेताले भने क्रसफायर ट्रेकर २५० मोटरसाइकल पाउनेछन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज डर्ट टेम्पलको युट्युब च्यानलमार्फत लाइभ प्रसारण पनि हुने छ । साथै धुलिखेलमा खानाका स्टलहरू र मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिने आयोजकले बताएका छन् । यस सिरिजलाई क्रसफायर मोटरसाइकल्स नेपाल, रिस मोटो, एमएके लुब्रिकेन्ट्स नेपाल, आईएमई पे, वर्ल्डलिंक, प्याराडाइम स्पोर्ट्स नेटवर्क र रेडबुल नेपालले प्रायोजन गरेका छन् । डर्ट टेम्पल रेसर विकासमा केन्द्रित रहनुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै र नेपालको मोटोक्रस क्षेत्रलाई विश्व स्तरमा पु-याउन प्रतिबद्ध भएको बताएको छ ।

डर्ट टेम्पल नेपालकै पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याक हो, जसले रेसरहरूलाई उनीहरूको प्रतिभा देखाउने, आफ्नो सीपलाई सम्मान गर्ने र व्यावसायिक स्तरसम्म उनीहरूको महत्वाकांक्षालाई उचाइ दिने मञ्च प्रदान गर्दछ। राजधानी शहरबाट ३२ किलोमिटर टाढा धुलिखेलको मुटुमा अवस्थित डर्ट टेम्पलले नेपालमा मोटरस्पोर्ट्स र रेसिङ कल्चरलाई बढावा दिने लक्ष्य राखेको छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने नयाँ पुस्ताका रेसरहरू तयार गर्नु डर्ट टेम्पलको उद्देश्य रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

ह्यामिल्टनले जिते स्पेनिस ग्रांपी

ह्यामिल्टनले जिते स्पेनिस ग्रांपी

लुइस ह्यामिल्टनले रोमान्चक मोडमा लुइस भेर्सटापनलाई हराएर स्पेनिस...

यस्तो छ लोकप्रिय युट्युबर ध्रुव राठीको कार कलेक्सन

यस्तो छ लोकप्रिय युट्युबर ध्रुव राठीको कार कलेक्सन

ध्रुव राठी एक लोकप्रिय युट्युबर हुन्। उनी आफ्नो भिडियोका कारण इन्टरनेटमा...

महिला राइडरलाई नगरकोट राइडमा सहभागी गराई क्रसफायरले मनायो नारी दिवस

महिला राइडरलाई नगरकोट राइडमा सहभागी गराई क्रसफायरले मनायो नारी दिवस

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्व्लिस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...